गुणस्तरहिन साम्रार्गीको प्रयोग गरेको भन्दै कृष्णपुरका जनता विरोधमा

१४ पुष २०७४, शुक्रबार ०८:५६

पुष्कर भट्ट

पुस १४, कञ्चनपुर । 

कञ्चनपुरको बंक नायल बुडर सडकखण्ड अन्तर्गत कृष्णपुर नगरपालिका १ गोदाम डाँडादेखि बण्ड क्षेत्रमा निर्माण कार्य गरिरहेको आरबी कंस्ट्रक्शन प्राइभेट लिमिटेडले होम पाइप राख्ने काम स्टमेट अनुसार नगरेको स्थानीयले बताएका छन् ।

निर्माण कम्पनिले पिपिसि र सोलिङ स्टमेट भन्दा कम हालेको कृष्णपुर नगरपालिका वडा नम्बर १ वण्डका स्थानीय तथा जगदम्भा मयुर सामुदायिक वनका अध्यक्ष धनबहादुर विष्टले बताए । उनका अनुसार पिपिसि हाल्दा आवश्यकता भन्दा कम सिमेन्ट हालेको छ । ‘सानोतिनो सिमेन्ट हालेर होम पाइप राखेको छ,’ विष्टले भने । सडक डिभिजन कार्यालय महेन्द्रनगरका २ जना साइड ईन्जिनयिर हुँदा समेत निर्माण कम्पनीबाट गुणस्तरीय काम गराउन सकेको छैन् ।

पन्तका अनुसार स्थानीयले साइड ईन्जिनियरद्धारा होम पाइप हाल्नु पूर्व पुरा गर्नुपर्ने मापदण्ड चेकजाँच गराएपछि स्टेमेटभन्दा कम पिपिसि हालेको पाइएको थियो । गत वर्ष जोशी निर्माण सेवाले गरेको काम पनि गुणस्तरीय नभएको स्थानीय तथा नेकपा माओवादी केन्द्रका महाधिवेसन आयोजक कमिटिका सदस्य अर्जुन साउँदले बताए । उनका अनुसार जोशी निर्माण सेवाले कलभर्ड गरेको थियो । ‘जोशी निर्माण सेवाले कलभर्ड गर्दा १ बोरा सिमेन्टमा ३ बोरा माटो हाल्नु पर्ने थियो । तर, निर्माण सेवाले १ बोरा सिमेन्टमा ५ बोरा माटो हाल्योे,’ साउँदले भने । सडग विभागका कर्मचारी र निर्माण व्यवसायीको मिलोमतोमा गुणस्तरहिन काम हुने गरेको साउँदले बताए । ‘गत वर्षको निर्माण कार्य स्टेमट अनुसार नहुँदा स्थानीयले आवाज उठाएका थिए, तर, सडक डिभिजनले ठेकेदारबाट पैसा खाएर ठेक्काको पैसा दियो,’ साउँदले भने । निर्वाचन क्षेत्र नम्बर २ का प्रदेशसभा सदस्य महेशदत्त जोशीले स्थानीयले स्टमेट अनुसार काम नभएको बताएको बताउँदै सडक डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख लक्ष्मी भट्टले सडकको अनुगमन गर्न निर्देशन दिएको बताए । ‘स्थानीयले ठेकेदार र सडक डिभिजनको मिलोमतोमा स्टेमेट अनुसार काम नभएको बताएका छन्, वंक नायल बुडर सडकको कामका बारेमा सडक सडक डिभिजन प्रमुखले बताएनन्, वनको झमेला छ भनेका थिए, सडक विभागका महानिर्देशकसँग कुरा गरेर समस्या समाधान गर्छौ,’ प्रदेशसभा सदस्य जोशीले भने । सडक डिभिजन कार्यालय महेन्द्रनगरका साइड सव ईन्जिनियर तिलक बोहराले होम पाइप हाल्ने काम स्टमेट अनुसार नभएको बताए ।

उनका अनुसार होम पाइप हाल्नु पूर्व सोलिङ र पिपिसि १५ सेन्टिमिटर हाल्नु पर्ने भए पनि ठेकेदारले कम हालेको बताए । ‘सोलिङ हाल्ने काम ठिक्छ, पिपिसि हाल्ने काम केहि होम पाइपमा कम हालेको छ, विग्रेको ठाउँमा फेरी मर्तत गर्न भनेका छौं,’ सव इन्जिनियर बोहराले भने । सडक डिभीजन कार्यालय र आरबी कन्सट्रक्सनसँग करिब २ किलोमिटर ६१ लाखमा यहि असार महिनामा ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार नालि, ग्राभिल र होम पाइप राख्ने सम्झौता भएको थियो । आरबी कंस्ट्रक्शन प्राइवेटका सञ्चालक बिरेन्द्र चन्दे होम पाइप हाल्ने काम स्टेमेट अनुसार भएको दावी गरे । ‘स्टेमेट अनुसार पिपिसि हालेको छु, सोलिङ पनि स्टेमेट भन्दा बढी नै हालेको छु, निर्माण कार्यमा अबरोध पु¥याउनेहरुले विरोध जनाएको हो,’ चन्दले भने । सडक डिभिजन कार्यालयका प्रमुख लक्ष्मी भट्टले साइड इन्जिनियरलाई सम्पूर्ण जिम्मेवारी दिएको बताउँदै अनुगमन गरेर काम स्टेमेट भन्दा कम भए कारबाही गर्ने बताए ।