गठबन्धन र निर्वाचन परिणामको सेरोफेरो नियाल्दा

७ पुष २०७४, शुक्रबार १२:२३

“पार्टीभित्र आफ्नो पक्षमा वर्चश्व बनाउन केही नेताहरु अहिलेदेखि नै दिइएको भिन्न अभिव्यक्तिले गठबन्धन लामो समयसंग टिकाउन तथा वाम सरकारको भविश्य बलियो बनाउन शुभ संकेत होइन् ।”

भीम लामा

नेपाली राजनीतिले धेरै फड्को मारेपनि संस्कार भने पुरानै शैलीमा रहँदै आएको छ । राजनीतिलाई सत्ता र शक्तिको आधार मान्दै विकसित भएको नेपाली राजनीतिमा स्वार्थका निम्ति अनेकौ स्वार्थ सम्बन्ध निर्माण गर्दै आएको देखिन्छ । त्यस्तै सम्बन्ध हो गठबन्धन । जसले राजनीतिक शक्ति एकिकृत गराउने र सत्ता प्राप्तिका लागि आधार तय गर्ने गर्दछ ।

शक्ति निर्माणका लागि आफ्नो अस्तित्वलाई नै बिर्सिएर काम गर्न पछि पर्दैनन् राजनीतिकदलहरु । विगत र भविष्यको बारेमा चिन्तन नगरी वर्तमानको बारेमा मात्र सोच्ने यी शक्तिहरु राष्ट्र, राष्ट्रियता र जनता भन्दामाथी रहेर आफ्नो लागि जे पनि गर्न सम्झौता गर्ने गरेका देखिन्छन् । राजनीतिलाई नै शक्तिको आधार मानेर सत्ता सम्हाल्न रत्तिभरको विवेक प्रयोग गरेर आम जनमानसमा देखावटी नाटक मञ्चन गरिरहेका दलहरु चुनावको बाहानामा एक भए तर प्रचारबाजी अनुसारको सफलता पाउन सकेनन् । न त बाम गठबन्धनले दुई तिहाई ल्यायो न कांग्रेसले स्पष्ट बहुमत ।
निर्वाचनबाट आफ्नो पक्षमा बलियो जनमत बनाउने र सत्ता सञ्चालन गर्न आतुर राजनीतिक दल देश र जनताको भविश्यमा चिन्ता देखिएका थिएनन् । आश्वासन बाँडेर कसरी आफ्नो पक्षमा जनमत बढाउने भन्ने चिन्ता मात्र बोकेर हिडेका थिए । विभिन्न कलाकार तथा कार्टुन निर्माताहरुले समेत भनेका छन् –‘राजनीति कि लाजनीति’ हो ? त्यस्तै भएको छ हाम्रो मुलुकको वर्तमान राजनीति लाज नीतिमा रुपान्तरण भएको छ । राजनीतिकले संस्कार र विवेकलाई गुमाउँदै जनताको आँखामा छारो हाल्ने काम गरिरहेका छन् ।

 

संघीय संरचना अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको ऐतिहासिक निर्वाचन पनि सम्पन्न भएको छ । यसलाई ऐतिहासिक पर्वको रुपमा पनि लिन सकिन्छ । ऐतिहासिक पर्व अर्थत् निर्वाचनले रुपान्तरित संसदले निर्माण गरेका संविधान र कार्यन्वयनका पक्षहरुलाई सस्थागत गर्दै आगामी निर्वाचित प्रतिनिधिसभा सदस्यहरुले पूर्ण कार्यान्वयन प्रक्रिया अगाडी बढाईनेछ ।  राष्ट्रिय एजेण्डा सहित विकास निर्माण तथा आर्थिक समृद्धिका लागि घोषणापत्र समेत तय गरेर जनतामाझ पुगेको अवस्थामा दलहरु विभिन्न विचार समूहका फरक राजनीतिक दलसँग गठबन्धन गरी कार्यगत एकता अगाडी बढाए र चुनावमा गए । तर चुनावमा बाँडेका सपना हुवहु लागु गराउन सक्छन् कि सक्दैनन् आगामी केही महिनामा देखिनेछ नै ।

कम्युनिस्ट एकतालाई मूर्तरुप दिन दुई दल एमाले र माओवादी केन्द्रबीच शीर्ष नेताहरु सक्रिय रहेता पनि दुई पार्टीमा रहेका पदका आकांक्षीहरुका कारण पार्टी एकतामा कठिनाई आएको देखिन्छ ।

भरर्खरै सम्पन्न निर्वाचनले दुई बाम पार्टीले गठबन्धनकै कारण बहुमत सहित मत प्राप्त गरेका छन् । जसले लामो समयदेखि प्रजातान्त्रिक शक्ति भन्दै आएको दल नेपाली काँग्रेसलाई गतिलो झड्का लगाएको छ । वापन्थीहरुको गठबन्धनले ल्याएको बहुमतले यो मुलुकमा नेतृत्व र रुपान्तरित नयाँ संरचनासहितको स्थायी सरकार चाहेको जनतामा प्रस्ट देखिन्छ । तर सत्ता प्राप्तिका लागि बलियो गठबन्धनको आकार र संस्कार देखापरेन भने त्यो चुनौतीको विषय हुनेछ । कम्युनिस्ट एकतालाई मूर्त रुप दिन दुई दल एमाले र माओवादी केन्द्रबीच शीर्ष नेताहरु सक्रिय रहेता पनि दुई पार्टीमा रहेका पदका आकांक्षीहरुका कारण पार्टी एकतामा कठिनाई अवश्य आउने देखिन्छ ।

कसरी अरुलाई पल्टाउने र आफू अघि बढ्ने सोचले ग्रस्त नेपालको राजनीति एउटा राजनीतिक स्वार्थ नै हो । यस्तो सन्र्दभमा दुई पार्टीले पदका आकांक्षीहरुलाई देशभरका स्थानीय स्तरदेखि केन्द्रसम्म कसरी व्यवस्थापन गर्छ त्यसैमा पार्टी एकताको सार्थकता र परिणाम झल्कन्छ । पार्टी एकीकरणपछि पनि एमाले र माओवादी गुटका रुपमा नेताहरु फेरी सक्रिय भए भने पार्टी एकता बलियो हुदैन त्यसको असर एकीकृत पार्टी र सरकारको भविष्यसँग जोडिएर दीर्घाकालिन रुपमा देखा पर्नेछ ।

त्यस्तै अरु शक्तिको अगाडी आफूलाई बलियो बनाउने राजनीतिक स्वार्थलाई गठबन्धनसँग जोडेर लिने प्रचलन नेताहरुमा देखियो भनें पार्टिभित्र अस्वस्थ राजनीतिक प्रतिस्पर्धा बढ्न्छ । नेािलमा एउटा पार्टीभित्र त नेतृत्वका लागि गुट÷समूह निर्माण गरी राजनीतिक खेल हुन्छ भने दुई भिन्न पार्टीबीचको गठबन्धन र नेतृत्वमा पनि यी कुरा नहुने भन्ने कुरा रहदैन । स्वभाविक रुपमै शक्ति सन्तुलन र नेतृत्वको लडाईका लागि फरक–फरक सैद्धान्तिक विचार भएका दुई पार्टी बीचको एकता चुनौतिपूर्ण छ ।  ‘हिजो नेकपा (एमाले) लाई लोकतान्त्रिक शक्तिको रुपमा भोट दिने मतदाताहरुले कम्युनिस्ट केन्द्र बनाउने एमाले–माओवादी केन्द्रलाई भोट दिन्छन् कि दिदैनन्’ भन्ने प्रश्न राजनीतिक बजारमा बहशको प्रमुख विषय थियो तर गठबन्धनले चुनावमा सानदार जीत हासिल गरिसकेको छ । चुनावी अंकगणीत हेर्दा गठबन्धनको फाईदा दुबै पार्टीलाई भएको देखिन्छ ।

तै पनि एकिकरण पछि पार्टीभित्र आफ्नो पक्षमा वर्चश्व बनाउन केही नेताहरु अहिल्यैदेखि लाग्न थालेको उनीहरुका अभिव्यक्तिले देखाएको छ । यो वामपन्थी गठबन्धनलाई लामो समयसंग टिकाउन तथा वाम सरकारको भविश्य बलियो बनाउन शुभ संकेत होइन् ।  ‘राजतन्त्रको पक्षमा वकालत गर्ने दल राप्रपा र लोकतान्त्रिक परिवर्तन चाहने काँग्रेसबीचको सम्बन्धनले तटस्थ मतादातालाई लोकतान्त्रिक गठबन्धन भनिएको गठबन्धनले आकर्षित गर्न सकेन भन्ने कुरा निर्वाचन परिणामबाट स्पष्ट भएको छ साथै एमाले–माओवादी केन्द्रका बाम गठबन्धन बीचमा बढि चुनौतीका आशंका गरे पनि दुई पार्टी पार्टीका मतादाताहरुले बाम गठबन्धनलाई अनुमोदन गरेको देखियो ।