केयुकेएल पानीको पाईपले सर्वसाधारण मारमा

९ पुष २०७४, आईतवार १६:१४

पुस ९, जोरपाटी । उपत्यका खानेपानी लिमिटेडको लापरवाहीबाट स्थानीय लगायत सर्वसाधारण मारमा परेका छन् ।गोकर्णेश्वर नगर स्थित वडा नं ८ मा पर्ने नेपाल मेडिकल कलेज, अतरखेल हुँदै माकलवारी जानेबाटोमा खानेपानीको पाइप फुटेर वर्षा याममा जस्तो हिलाम्य भईरहदा बाटो अवस्था नाजुक बन्दै गएको छ ।

बाटोकै अवस्था राम्रो नभएका कारण दिनहु सवारीसाधन दुर्घटना हुने गरेको स्थानीय शिक्षक प्रकाश अधिकारीले बताए । भत्किएको बाटो र हिलाम्य बाटोका कारण पैदलयात्री तथा सवारी साधनलाई समस्या पर्नुको साथै अस्पताल आउने विरामीलाई समेत मुस्किल भएको उनले बताए । ग्राहकले समयमा महशुल नवुझाउदा जरिवाना तोक्ने केयुकेएल पानीको पाईप मर्मत नगरेको भन्दै सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताए ।

स्थानीय तहको निर्वाचन भएर निर्वाचित जनप्रतिनिधिले ६ महिना बितिसक्दा पनि उक्त समस्यातर्फ ध्यान नदिएको स्थानीयहरु बताउँछन् । चुनावको बेलामा मात्र जनताको समस्या समाधान गर्छु भनेर भोट माग्न आउनेहरु समस्या पर्दा त्यसको सुनुवाई समेत नगरेको गुणासो गर्दै आएका छन् । विकास निर्माण तथा सडक मर्मत गर्ने वाचा गरेर भोट माग्न आउनेहरु निर्वाचनपछि कसैले चासो नदेखाएको उनीहरु बताउँछन् ।अस्पताल क्षेत्र अति संवेदनशील भए पनि बाटोको कारण बिरामी र सार्वसाधारणलाई सकस भएकोले त्यस क्षेत्रमा सम्बन्धीत निकायको ध्यान पु¥याउन स्थानीयहरुले आग्रह गर्दै आएका छन् ।