किन पत्याएनन् जनताले गच्छदार र थापाहरुलाई

२४ मंसिर २०७४, आईतवार १३:३३

-शशिशेखर घिमिरे

शशिशेखर घिमिरे
राष्ट्रिय राजनीतिमा सवै घाटको पानी प्रिय हुने न कमल थापा न विजय गच्छदार दुवैलाई यो पटकको निर्वाचनले गतिलो झट्का दियो । सुनसरी र मकवानपुर दुवै स्थान दुवै नेताको आधार क्षेत्र भएपनि दुवैलाई जनताले मतको स्वाद चखाएका छन् । केपी र शेरबहादुर दुवैको मन्त्रिपरिषद्मा कहिल् यता त कहिल्य उता उपप्रधानमन्त्री बन्ने कमल थापा गृह जिल्ला मकवानपुरबाट प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा तामझामसाथ उठे तर जनताले सुताए । थापाले नचिताएको परिणाम पाए भने गच्छदार पनि हारेकै सरह भयो । गृहजिल्ला र हिजोको विरासतलाई आधार मान्ने हो भने गच्छदारको जीत हैन हार हो ।
लोकतान्त्रीक गठवन्धनसंगै काँग्रेसको छहारीमा ठुलै भाग खान पार्टी विलय नै गरेका गच्छदारहरु हुन् या रुखको छहारीमा ओत लाग्न पुगेका थापाहरुलाई वर्ष २०७४ को प्रतिनीभिसभा निर्वाचन भूतले खाजा खाने बेलाको जस्तै भएको अनुमान गर्न गाह्रो छैन । आफनो गाँउठाउमा विकास गरेर नथाकेको दुहाई दिएका दुवै नेताहरुले निर्वाचन अघि दिएको चुनावी नारा र भाषण गुलिया नै देखिन्थे ।
लोकतान्त्रिक गठबन्धनको ठुलै छहारी खौज्दै पुगेका कमल थापाहरु निर्वाचनमा यसरी पराजीत भए कि मानौ अव उनिहरुकोलागि आफनै गृह जिल्ला समेत आफनो रहेन् । जो एमालेका उम्मेदवार कृष्णप्रसाद दाहालको छायाँमा परे र अन्तत चुनाव हार्न पुगे । मतदाताहरुले कमलहरुलाई भन्दा पनि कृष्णहरुलाई चुन्ने आँट गरे । विकास गर्ने साँचो सुम्पीए । उता सुनसरी क्षेत्र नंम्वर ३ वाट उम्मेदवारी दिएका गच्छदार २०४८ देखि निरन्तर विजय रहँदै आएका नेपाली राजनीतिभित्रका एक माहिर खेलाडी हुन् ।
मौन अवधि शुरु हुनु भन्दा केहि दिन अघि गच्छदारले गरेको भाषण ईटहरीको व्यस्त वजार छेउ उभिएर समय कटाउने माध्यम भएपनि वास्तवमा उनको भाषण कति सतही थियो सुन्नेहरुले अनुमान गरेकै हुनुपर्छ । सुनसरीको नै व्यापारीक केन्द्रको रुपमा विकसीत ईटहरी २६ वर्ष अघि जस्तो नभएको गच्छदारको भनाई सुन्दा उदेक लाग्छ । उनले विषेशत ईटहरीको आजको विकासमा आफनो हात रहेको कोरा कल्पनामा डुवुल्की मार्दै हास्यस्पद अभिव्यक्ति दिए ।
ईटहरीको विकासमा आफूले धेरै मिहीनेत गरेको बताउने गच्छदारको भनाईसंग न त्यहाकाँ स्थानीय सहमत छन् न व्यवसायी नै । पूर्वी पहाडी जिल्ला तेह्रथुम देखि धनकुटा, भोजपुर, संखुवासभा देखि ताप्लेजुङ, पाँचथर र ईलाम सम्मकै मान्छेहरुको साझा शहर ईटहरी आजको अवस्थामा आईपुग्न गच्छदारहरुको भन्दा धेरै हात बसाईसराई संगै पहाडवाट शहर झरेकाहरुवाट नै भएको ईटहरी र आसपासका रैथानेहरुको तर्क छ ।
मान्छेको व्यक्तिगत घर निर्माणमा गच्छदारहरुको हात कति होला रु भनिरहनु आवश्यक देखिन्न । विकासको खाँका कोरेर समुन्नत ईटहरीको अवधारणामा आफनो ठूलो भूमिका दावी गर्ने गच्छदार ज्यू मञ्चमा उभिएर अफवाह फैलाउनु तपाई जतिको नेतालाई सुहाँउला रु भाषण दिन पाउनु तपाईको नैतिक अधिकार होला तर जनतालाई भ्रम छरेर ईटहरीको विकासमा आफूले ठूलो योगदान दिएको वताउनु चाहि सरासर झुट हो । अझै पनि ईटहरी चोक आसपासमा रहेको अव्यवस्थीत ढलदेखि सडकपेटीको दूराअवस्थाले गच्छदारहरुको भनाईलाई गिज्जाईरहेको देखिन्छ ।
वसपार्क भित्रका दुश्य र विराटनगर जाने सडकको दूराअवस्था एकदिन पुग्नेलाई भन्दा रातोदिन भोग्नेहरुलाई धेरै थाहा हुन्छ । खानेपानीको अभाव उस्तै छ । गच्छदारले विकास गरेको भनिएको ईटहरी आसपासको क्षेत्रमा हुने सवारीको भद्रगोल देखि ४५ किलोमिटरको दूरीमा रहेको विराटनगर पुग्न जनताले मोल्न पर्ने सास्ती करोडौंको सुविधासम्पन्न गाडीमा सयर गर्ने गच्छदारहरुको आँखा बाहिर देखिने कालो चस्माले नियाल्न नसकेको अनुभव हुनसक्छ ।
वर्षामा उपमहानगरपालीकाको भवन नै अगाडी सडकमा जम्ने गरेको पानी होस् या स्थानीय नदिनाला थुनिएर प्रत्येक वर्ष जस्तो आफना सुन्दर लालाबालालाई काँधमा हालेर सुरक्षित स्थान जान पर्ने स्थानीयको नियतीमा विजय गच्छदारहरुको मन कतिको दुख्यो रु ईटहरीको विकासमा कस्को कति योगदान रह्यो रु वुझ्न गाहो छैन । त्यसैले त विकासका नारा मात्र दिएर नथाकेका विजयहरुको निरन्तरको यात्रामा यतिखेर उनले पाएको जनमत जीतको हैन हारको हो । अर्थात गच्छदारको निरन्तरको यात्रामा पूर्णविराम लागे सरह नै हो किनभने उनको पार्टी विलयको समेत जति महत्व थियो त्यति रहेन् ।
त्यसो त पूर्वी पहाडी जिल्लामा मानिसहरु सशस्त्र युद्धको राप र तापवाट सेकिरहनु भन्दा बसाई सर्नु ठीक ठानेर कोहि ुभएको केहि बोकेर तु ुकोहि बाबुबाजेको चिनो खोरिया वेचेर नैु तराई झर्दै गर्दा चाहे विर्तामोड होस् या दमक अनि धरान जस्ता गर्व गर्न लायक शहरहरु अनि पोखरा, बुटवल र सुर्खेत जस्ता शहरहरु नियमीत प्रकृया अन्र्तगत विकास भएका देख्न सकिन्छ ।
तिनमा थप केहि पूर्वाधार स्थापना हुनु स्वाभाविक प्रकृया हो । तर त्यो पनि जति हुन पर्ने हो त्यति नहँुदा अझै पनि ति शहरहरु अव्यवस्थीत शहरीकरणको चपेटामा परेकै छन् र पूर्ण छैनन् , गच्छदार ज्यू । अरु केहि भनि रहनु पर्ला ? किनकि तपाईहरु त देश विकासका संवाहक जो हुनुहुन्छ ।
अर्का पात्र जो हुन् कमल थापा । जो नेपाली राजनीतिमा च्याँखे थाप्न पोख्त छन् । जस्लाई पनि सवै घाटको पानी प्रीय नै लाग्छ । पञ्चायतकालदेखि नै मन्त्रीको फूली टास्दै आएका थापा कहिल्य राजत्रन्तमा सल्वलाए कहिल्य लोकत्रन्त अनि गणत्रन्तमा । आफनो स्वार्थको लागी बानेश्वर आसपासका सडकपेटीहरु तताएका थापाहरुको लम्पसार परेका तस्वीरहरु हेर्दा लाग्छ यीनिहरु नै हुन् यो देशका असली राष्टवादी अरु सवै व्यर्थ ।
कुनै वेला गृहमन्त्रीको शक्तिको उन्मादमा थापाहरुको कर्तुत र जिल्लामा विकासको नारा अलापेर नथाकेका यीनिहरुलाई जनताले वास्तवमै उठ्नै नसक्ने गरि सुताएका छन् । जो आफनै गृह जिल्लामा लज्जास्पद हार व्यहोर्न वाध्य छन् यतिखेर । थापाको राजनीतिक यात्रामा ठेस लाग्दा कमलहरुको मन दुखेकै होला यतिखेर, जो अरुको छत्रछायाँमा पनि सुरक्षित हुन सकेनन् ।