ओलम्पियनलाई मासिक भत्ता व्यवस्था

१ पुष २०७४, शनिबार ०३:४१

पुस १, काठमाडौं । राष्टिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशबकुमार विष्टले विश्व खेलकुदकै सबैभन्दा ठूलो खेल महोत्सव ओलम्पिक खेलकुदमा सहभागी हुने नेपाली ओलम्पियनलाई सम्मानस्वरुप मासिक नगद भत्ता व्यवस्था गर्ने बताएका छन् ।

ओलम्पियन खेलाडीहरुको सम्मानार्थ राखेपले आयोजना गरेको चन्द्रगिरी हिल्स अवलोकन भ्रमण कार्यक्रमलाई चन्द्रगिरीमा सम्बोन्धन गर्ने क्रममा सदस्य–सचिव विष्टले पहिलो ओलम्पियनलाई मासिक रुपमा नगद उपलब्ध गराउँदै आएकोमा बाँकी ओलम्यिनहरुलाई पनि मासिक नगद भत्ता उपलब्ध गराउने बताएका हुन् ।  ‘हामीले पहिलो ओलम्पियनलाई मासिक १० हजार उपलब्ध गराउँदै आएका छौं । बाँकी ओलम्पियनलाई पनि सम्भवतः आगामी माघ÷फागुनदेखि आन्तरिक व्यवस्था गरि मासिक ३ हजार उपलब्ध गराउने तयारीमा छौं । आउने आर्थिक वर्षदेखि मासिक ५ हजार दिने गरी व्यवस्था मिलाउने छौं । साथै दक्षिण यसियाली खेलकुदका रजत र काँस्य पदक बिजेतालाई मासिक नगद पुरस्कारको व्यवस्था समेत गर्नेछौं । ’

सदस्य–सचिव विष्टले अवलोकन÷भ्रमण कार्यक्रम त्यत्ति ठूलो नभए पनि उपत्यकामा उपलब्ध सबै ओलम्पियनलाई एकै थलोमा भेटघाट गराउने उद्देश्यले आयोजना गरिएको बताउँदै कार्यक्रम सानो÷ठूलो भन्दा पनि खेलाडीप्रति सद्भाव राख्नु र खेलाडीहरुलाई सम्झिनु पनि हमत्वपूर्ण कुरा भएको बताए । उनले उपत्यकाको ओलम्पियनको सम्मान पनि उनीहरुकै क्षेत्रमा यस्तै कार्यक्रमको आयोजना गरिने जानकारी दिए ।   कार्यक्रममा उपत्यकामा उपलब्ध पुराना पुस्ताका ओलम्यिन नेपाललाई पहिलो अन्र्तराष्ट्रिय पदक दिलाएका पूर्वाधवक जितबहादुर केसीदेखि नयाँ पुस्ताकी ओलम्पियन जुडोकी फुपुल्हामु खत्रीलगायत गरी ३० ओलम्पियन उपस्थित थिए । राखेप उपाध्यक्ष ठटेन्डी लामा शेर्पाले एसियाली खेलकुदका लागि शीघ्र तयारी थाल्नुपर्ने बताउँदै गरिब भनिएका भनिएका मुलुकले पनि खेलकुदमा ठूलो फड्को मार्न सक्ने क्षमता रहेको धारणा व्यक्त गरे । कार्यक्रममा ओलम्पियनलाई चन्द्रगिरी हिल्स अवलोकन भ्रमण कार्यक्रममा सहुलियत प्रदान गरेको चन्द्रगिरी हिल्स लिलाई राखेपले प्रशंसापत्र प्रदान गरेको थियो ।

अवलोकन÷भ्रमण कार्यक्रमअघि सातदोबाटो स्थित अन्र्तराष्ट्रिय खेलकुद परिसरमा ओलम्पियनलाई ट्रयाकसुट वितरण गरिएको थियो भने राष्ट्रिय टिम तयारीमा रहने खेलाडीका लागि राखेपले खरिद गरेको बसको पनि सदस्य–सचिव विष्टले उद्घाटन गरेका थिए ।  राष्ट्रिय टिम तयारीमा रहने खेलाडीको सुविधालाई ध्यानमा राखी बस खरिद गरिएको बताउँदै सदस्य–सचिव विष्टले हाल १ बस मात्र खरिद गरिए पनि ३ बस खरिदका लागि प्रक्रिया अगाडी बढाइने बताए । –राजधानी दैनिक