एसीसी यू १६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले दियो सिंगापुरलाई १८४ रनको लक्ष्य

२ पुष २०७४, आईतवार ०६:५८

पुष २, काठमाण्डौं ।
नेपालले सिंगापुरलाई थाइल्याण्डमा भइरहेको एसीसी यू १६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा १८४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टेर्डथाइ क्रिकेट ग्राउण्डमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले उपकप्तान विशाल विक्रम केसीको अर्धशतक मद्दतमा ६ विकेट गुमाएर १८३ रन बनाएको हो । रित गौतमको अनुपस्थितिमा कप्तानीको जिम्वारी सम्महालेका विशालले ६३ रन जोडका थिए । उनले ७९ बल खेल्दै ४ चौका र १ छक्का समेत प्रहार गरे । नेपाललाई सम्मानजनक स्कोर बनाउन विशालले नारायण जोशीसँग छैटौँ विकेटका लागि ३३ बलमा ४८ रनको साझेदारी गरे ।

 

नारायणले नटआउट ४६ रन को योगदान गरे। विष्फोटक ब्याटिङ गरेका नारायणले २३ बलमा ५ चौका र १ छक्का प्रहार गर्दा ओपनर कुशल मल्ल तथा राजन मगर ३ रनमा आउट भएपछि सुरुमै नेपाललाई झड्का लागेको थियो । तर चौथो विकेटका लागि विशाल र सुवासले २६ रनको साझेदारी गर्दै अ्रक वृद्धि गर्न सफ भएका हुन् । विशालले भने सुनिल भण्डारीसँगको साथमा पाँचौ विकेटका लागि ४२ रनको साझेदार गरेका थिए । त्यसैगरि सुवास अएरले २२, तृतराज दासले १९ तथा सुनिल भण्डारीले १५ रन जोड्न सफल भए । उता सिंगापुरका इशान सानवेले २ विकेट लिएका थिए ।