एमालेको स्थायी कमिटी बैठक बस्दै

७ पुष २०७४, शुक्रबार ०६:०८

पुष ७, ललितपुर ।
नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ ।हालै सम्पन्न प्रतिनिधि र प्रदेश सभामा निकै राम्रो परिणामसहित पहिलो दल बनेलगतै बस्न लागेको आजको बैठकले वाम गठबन्धन निर्माणसँगै प्राप्त भएको उपलब्धि एवं माओवादी केन्द्रसँग गरिने भनिएको पार्टी एकताबारे पनि छलफल हुने बुझिएको छ ।

ललितपुरको सैवु भैंसेपाटीमा बस्ने बैठकमा भावी सरकारको स्वरुपसहित प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा प्राप्त उपलब्धिबारे समीक्षा हुनेछ वुझिएको छ ।नयाँ सरकारको नेतृत्व, माओवादी केन्द्रसँग एकता हुँदा पार्टी नेतृत्व एवं राष्ट्रियसभा गठनमा देखिएको विवादलगायत विषयमा पनि छलफल हुने जनाइएको छ ।