एनसेल मेलामा मस्त झुम्यो पोखरेली

९ पुष २०७४, आईतवार ०५:२७

पुस ९, पोखरा । एनसेलले शनिबार पोखराको प्रदर्शनी केन्द्र, नयाँ बजारमा आयोजना गरेको एनसेल मेला २०७४ मा पोख्रेली तथा विदेशी दर्शकहरुले भरपुर मनोरञ्जन लिएका छन् ।

कम्पनीले आफ्ना ग्राहक तथा शुभचिन्तकहरुसँग थप नजिक भई खुसीयाली साटासाट गर्ने र दु्रतगतिको मोबाइल ब्रोडव्याण्ड सेवा लङ्ग टर्म इभोलुसन÷फोरजीको अनुभव प्रदान गर्ने उदेश्यसहित यो मेलाको आयोजना गरेको हो ।   विविध मनोरञ्जनात्मक कार्यक्रमले भरिपूर्ण एकदिने एनसेल मेला बिहान ११ बजेबाट सुरु भई विविध गतिविधि र कन्सर्ट सहित साँझसम्म चलेको थियो । मेलाको मुख्य आकर्षणहरुमा चर्चित कलाकारहरु तथा संगीतिक समुहको प्रस्तुतिहरु, फोरजी थिममा आधारित गेम स्टलहरु लगायत किडस् जोन र फुड स्टलहरु रहेका थिए ।  मेलाको मुख्य आकर्षण रहेको कन्सर्टमा, कलाकार शिव परियारले आफ्नो हिट गीतहरु जस्तै ‘क्या दामी भो’, ‘संगी’ र ‘पिलायो साथीले’ प्रस्तुत गर्दै दर्शकहरुलाई भरपुर मनोरञ्जन गराएका थिए ।  कलाकार आषिश राना (लाउरे) ले ‘नेपहपको बाटो’, ‘केस नं ४२०’ र ‘हाउडे’ जस्ता आफ्ना गीतहरु प्रस्तुत गर्दै दर्शकहरुको मन जितेका थिए ।

 

त्यस्तै सांगितीक समुह कबवेबले ‘मार्यो नि मार्यो नि’ र ‘तिम्रो माया’ जस्ता चर्चित गीतहरु पस्कदै र द एज व्याण्डले आफ्नो अत्याधिक मन पराइएका गीतहरु ‘तिम्रो लागि’ र ‘थाहा छैन’ जस्ता आ—आफ्नो प्रस्तुति मार्फत दर्शकलाई गीतमा झुम्दै नाच्नका लागि उत्साहित गरेका थिए ।  यसका साथै रोडिज्का विजेता समन श्रेष्ठ र फस्ट रनरअप अनिमेश शाहीको सहभागिताले मेलाको आकर्षण थप बढाएको थियो ।  मेलामा सबै उमेर समूहका दर्शकहरुलाई विभिन्न कार्यक्रम तथा गतिविधिहरु समावेश गरिएको थियो । युवाहरुको भीड एनसेलको फोरजीमा आधारित गेमहरु पेपर प्लेन थ्रो, मिनी गल्फ, फ्रग जम्प र कार रेसमा थियो र थुप्रै गेम स्टलहरुमा दर्शकले मनोरन्जन लिनुका साथै विभिन्न पुरस्कारहरु पनि जित्न सफल भएका थिए ।   किड्स जोनमा बालबालिकाहरु ट्राम्पोलिन र गो कार्टजस्ता खेलहरुमा मजा लिइरहेका देखिन्थे । टेम्पोररी ट्याटु, डिस्नी प्रिन्सेस् क्यासल र क्यारेक्टरहरु लगायत विविध आर्कषणले बालबालिकाहरुको ध्यान केन्द्रित गरेको थियो ।

मनोरञ्जनका कार्यक्रमका साथ साथै मेलामा रहेको एनसेलको विशेष फोरजी जोनमा पनि आगन्तुकहरुको उत्तिकै उत्साहजनक भीड देखिन्थ्यो । उक्त जोनबाट आगन्तुकले एनसेलको फोरजी सेवाको बारेमा थप जानकारीका साथै फोरजी सेवा चलाएर टेष्ट पनि गर्न पाएका थिए । फुड स्टलमा आगन्तुकहरुले देशी र विदेशी परिकारहरुको मजा लिएका थिए । त्यसैगरी, फेसबुक ट्यागिङ कन्टेस्ट, ब्लाइण्ड मेकअप, युनिकर्न रिङ् टस जस्ता गेम्सहरु दर्शकहरुको उत्साहजनक सहभागिता थियो ।  आफ्ना ग्राहक तथा शुभचिन्तकहरुसँग थप नजिक भई खुसियाली मनाउदै अग्रिम रुपमा आउँदो नयाँ वर्ष २०१८ को शुभकामना आदानप्रदान गर्न र १९ शहरहरुमा फैलिएको फोरजी सेवाका बारेमा आगन्तुकहरुलाई जानकारी दिन मेला एकदम सफल भएको एनसेलले जनाएको छ ।  पोखराबाट शुरु हुने यो मेला पुष १५ गते विराटनगरको हाटखोलामा, पुस २२ गते बुटवलको सिद्घेश्वरी मैदान, दीपनगरमा र पुस २९ गते ललितपुरको जावलाखेल मैदानमा आयोजना पश्चात समापन हुनेछ ।