५ औँ “बालोन डि ओर” अवार्ड रोनाल्डोलाई

२२ मंसिर २०७४, शुक्रबार ११:१९

मंसिर २२, काठमाडौं ।
३२ बर्षिय पोर्चुगिज फर्वाड खेलाडी क्रिस्टियानो रोनालडोले पाँचौ पटक “बालोन डि ओर” अवार्ड जितेका छन् ।
लगातार दोश्रो पटक अवार्ड जित्दै आफ्नो बार्सिलोनाका प्रतिस्पर्धि लियोनल मेस्सीसँग बराबरी बनाएका छन् ।

“बालोन डि ओर” अवार्ड हरेक बर्ष फा्रन्सेली फूटबल संघले प्रदान गर्छ । सन् २०१६ अघिसम्म फा्रन्सेली फूटबल संघ र फिफाले यस अवार्ड संयुक्त रुपमा प्रदान गर्थे ।

उनले उपाधी हाँसील गरेपछी उनका समर्थकहरु र उनको टिममेटलाई पनि धन्यवाद दिए । अवार्ड ग्रहण गरेपछि उनले भने, “यस्तो उपल्बधी म हरेक बर्ष ग्रहण गर्न चाहान्छु ।”