“५० लाख दिन आएनुभएकै हो”—अनमोल केसी

२ पुष २०७४, आईतवार ०८:१७

पुस २,काठमाडौं ।
फिल्ममा अभिनयका लागि अनमोल केसीलाई ५० लाख रुपैँया पारिश्रमिक दिने निर्माताको सूचिले केही समय अघि फिल्म क्षेत्रमा तरंग ल्याएको थियो । यहि सूचिमा रहेकी अभिनेत्री तथा निर्देशक झरना थापाले भने फेसबुकमा स्टाटस् लेख्दै नेपाली फिल्मको बजारको क्षेत्र ठूलो नभएकाले ५० लाख दिने कुरा आफ्नो वस बाहिर रहेको बताएकी थिइन् । तर अनमोलले पहिलो पटक मिडियामाझ आफुुलाई ५० लाख रुपैयाँको अफर आएको स्विकारेका छन् ।


उनी अभिनित “कृ” फिल्मको टे«लर सार्वजनिक काममा शुक्रबार उनले आफूलाई ५० लाख पारिश्रमिकसहित थुप्रै निर्माताले अफर गरेको बताए । “मलाई ५० लाखको अफर आएको कुरा सत्य हो । तर, मैले त्यो अफरलाई स्वीकार्न सकिन,” अनमोलले स्पष्ट पारे, “पैसा कमाउनकै लागि फिल्म खेलेको भए म दुई वर्षमा एउटा मात्र फिल्मा काम गर्दिन थे ।मलाई पैसा भन्द पनि फिल्मको कथा महत्वपूर्ण लाग्छ । कथा राम्रो भए मात्र फिल्म खेल्छु ।