स्वदेशी भन्दै बिदेशी सामान बिक्री गर्नेलाई हटाईयो

१२ पुष २०७४, बुधबार ०६:४२

तेजेन्द्र के.सी.
पुष १२ ,बुटवल ।
बुटवलमा जारी १४ औं राष्ट्रिय औद्योगिक प्रदर्शनीमा स्वदेशी उत्पदान भन्दै बिदेशी बेच्ने स्टलधनीलाई हटाईएको छ ।

 

प्रदर्शनीमा स्वदेशी उत्पादको प्रमाण पेस गरेर भारतिय सामाग्री बिक्रि गरेको भन्दौ ९ स्टल हटाईएको रुपन्देही उद्योग संघका अध्यक्ष दिनेशराज रेग्मीले जानकारी दिए ।  उनी भन्छन् –‘हामी निरन्तर अनुगमनमा छौँ । जो बाहीरीनु भयो उहाँहरु पहिलो चरणमा बाहीरिनु भएको हो ’ झुट बिबरण पेस गरेर कारोबार गरेका हरु लाई पनि ईज्जतसाथ पैसा फिर्ता गरेर पाठाएको उनको भनाई छ ।

स्टलमा प्लास्टीकको सामग्री बेच्चे समहमति गरेपनि केही व्यावाबासीहरुले बिदेसी अन्य समानहरु बेचेपछि हटाएको छ। बरिष्ठ उपाध्यक्ष गणेश प्रसाद अधिकारीको संयोजकत्वमा ६ सदस्यीय अनुगमन समिति समेत गठन गरीएको छ । जसको सिफारीसको आधारमा हटाएको हो । ५ सय स्टलमा रहेको मेलामा हिजो र आज गरी ९ वटा स्वदेशी उत्पादन भन्दै बिदेशी समान बच्चे स्टलहरु हटाएको अध्यक्ष रेग्मीले बताए ।
मेलामा रहेका १२ र १३ नम्बरमा रहेको अस ईन्टरनेसनल, २२, २३ र २४ स्टलको पिएम अगरबत्ति र २५ र २५ स्टलको गणेश प्लास्टीकलाई हटाईएको स्टल दर्ता तथा बितरण संयोजक समेत रहेका अधिकारीले जानकारी दिए ।

बाल उद्ययान र आई टि क्षेत्र बाहेक अन्य क्षेत्रमा स्वदेशी समाग्री राख्न पाईने भएको भन्दौ अन्य स्टलमा पनि बिदेशी सामाग्री बेचेको पाईएमा स्टल खाली राखेर पनि मेला सञ्चालन गर्ने संघले जनाएको छ।
यता मेलामा स्टल राखेका एक व्यवसायीले आफूलाई आयोजकले अन्याय गरेको गुनासो गरेका छन् । गणेश प्लास्टिक उद्योगको नाममा प्रदर्शनीमा स्टल राखेका अस्लम खानलाई आयोजक रुपन्देही उद्योग संघले भारतीय सामान विक्रि गरेको भन्दै स्टल वापतको रकम फिर्ता गरेर स्टल बन्द गरीदिएको भन्दै पत्रकार सम्मेलन गर्दै स्वच्छ छानबिनको माग समेत गरेका छन् । उनले आफ्नो जस्तै सामान अन्य थुप्रै स्टलमा विक्रि भइरहेपनि आयोजकले अन्य स्टललाई सामान बेच्न दिएको र आफूलाई हटाएर भेदभाव एवं अन्याय गरेको गुनासो गरे ।

कि त पहिल्यै स्टल दर्ता गर्दै सबै कुरा जानकारी गराउनुपर्दथ्यो, उतिबेला दर्ता गर्ने अहिले आफू लगायत केहीलाई मात्र हटाउनु सरासर अन्याय हो’– उनले भने–‘सांच्चै कुरा गर्ने हो भने स्वदेशी उत्पादनको प्रदर्शनी भनिएपनि जुत्ता, चप्पल, ज्याकेट, लेडिज ब्याग, सूचना प्रविधिका सामान, केन्ट फिल्टर लगायतका दर्जनौं वस्तु र स्टल विदेशी सामानले भरिएका छन् ।’ खानले आयोजकले स्वदेशी उत्पादनको मात्रै प्रदर्शनी भनेर आम उपभोक्ता र दर्शकलाई भ्रममा पारेर सस्तो लोकप्रियता मात्र कमाउन खोजेको दावी गरे । ‘म चुनौतिका साथ भन्छु प्रदर्शनीमा राखिएका सबै उत्पादन स्वदेशी छैनन््, आयोजकले झुटो प्रचार गरेकाले गर्न उच्चस्तरीय स्वतन्त्र छानवीन समिति गठन गर्नुपर्छ ।’

खानले जस्तै सामान बेच्ने बुटवल आल्मुनियमको स्टल नंं २१ र २२, भारतीय केन्ट फिल्टरको स्टल लगायत दर्जनौं चाइनिज र थाइल्याण्डका सामान बेच्ने स्टललाई केही नगरेको तर आफूलाई मात्र हटाएकोमा खानले आक्रोश पोखे । यता संघका अध्यक्ष रेग्मीले फिल्टर बिद्युतिय सामाग्री भएको र नेपालमा नबन्ने भएको हुँदा यसलाई राख्नको लागी अनुमति दिएको बताए । अन्य स्टलमा पनि चेतावनी दिईसकेको बताउँदै रेग्मीले बेच्न बन्द नगरे स्टल नै खारेज गरीदिने बताए ।

सो पत्रकार सम्मेलनमा संघीय समाजवादी फोरम नेपालका जिल्ला सदस्य अशोक वर्माले रुपन्देही उद्योग संघ एमालेको भातृ संगठन भएको र एमाले जस्तै खोक्रो राष्ट्रवादको नारा लगाएर प्रदर्शनीमा विदेशी सामान बेचिरहेको आरोप लगाए । उनले भारतीय स्टलधनीलाई प्रदर्शनीबाट हटाएको विषय आफूले भारतीय राजदुतावासमा जानकारी गराएको बताउंदै आयोजकको रवैया ठीक नभएको बताए ।उनले आफूले प्रदर्शनीका अधिकांश स्टल अवलोकन गरेको र त्यहां ५० प्रतिशत भन्दा बढी उत्पादन चीन,थाइल्याण्ड लगायतका देशमा उत्पादन भएका सामान रहेको उनले दावी गरे ।