काभ्रे जिल्लामा अवस्थित बौद्ध धर्मलम्बीहरुको धार्मिक र पर्यटकीय स्थल नमोबुद्ध प्राकृतिक सुन्दरताले भरिपूर्ण एक रमणीय ठाँउ हो । नमोबुद्ध बौद्ध धर्मलम्बीहरुको धार्मिक स्थल मात्र नभई पर्यटकीय स्थल पनि हो । यहाँ विश्वका विभिन्न राष्ट्रहरुबाट पर्यटकहरु आउने गर्दछन् । साथै नेपाली युवाहरुलाई रोजगार सिर्जना गर्ने तथा आर्थिक आम्दानीको पक्षमा पनि सहयोग मिलेको छ । काभ्रे जिल्लामा अवस्थित र बौद्ध धर्मलम्बहरुको धार्मिक स्थल नमोबुद्ध नेपालको पर्यटन क्षेत्रमा परिचित नाम हो । राजधानी नजिकै रहेको यो ठाउ राजधानीबाट करिव ४४ कि.मि. दूरीमा नमोबुद्ध नगरपालिका ११ वडामा पर्दछ । भौगोलिक हिसाबले हेर्दा निकै रमणीय प्राकृतिक सुन्दरताले भरिएको पर्यटकहरुका लागि उपयुक्त रहेको छ ।
धार्मिक हिसाबले हेर्ने हो भने नमोबुद्ध बौद्धधर्मलम्बीहरुको पुरानो गुम्बा हो । पौरणिक तथा किबोदन्ती अनुसार नमोबुद्ध स्वंयम्भुनाथ र बौद्धनाथ भन्दा निकै पुरानो भन्दै आएको छ । उक्त ठाउँमा अन्य समुदायकोभन्दा तामाङ समुदायका मानिसहरु बढि बसोबास गर्दै आएका छन् । त्यहाँ तामाङ साँसकृति तथा बौद्ध धर्मलम्बीअनुसार पुजापाठ गर्ने गरिन्छ । तिनीहरुको रितिरिवाज अनुसार कुनै व्यक्तिको मृत्युपश्चात मृतकको आत्मले सुख, शान्ति पाउँछ भन्ने मान्यताले कुनै व्यक्तिको मृत्यु भएको वर्ष कात्तिक पूर्णिमा एकादशीदेखि पूर्णिमाको अन्तिम दिनसम्म बौद्ध धर्मअनुसार आफ्नो पितृहरुको आत्मले शान्ति पाउँछ भन्ने मान्यताअनुसार त्यहाँका लामागुरुहरुले बौद्ध धर्म, संस्कार अनुसार धार्मिक गतिविधिहरु गरिन्छ । हरेक वर्ष कात्तिक पूर्णिमामा एकदशीदेखि पूर्णिमाको दिनसम्म वर्षकै ठूलो मेला लाग्ने गर्दछ । यहाँ आउँने व्यक्तिहरुले आफ्नो पितृहरुको आत्माले शान्ति मिलोस भन्ने मान्यताअनुसार धार्मिक क्रियाकलापहरु गर्न र गुम्बामा बत्ति बाल्ने गरिन्छ । पहिला पहिलाको व्यक्तिहरुले कसैको मृत्युपश्चात नमोबुद्धको गुम्बामा बत्ति नबाली स्वयम्भूनाथ र बौद्ध गुम्बामा बत्ति बाल्नु हुदैन भन्ने मान्यता पनि रहदै आएको छ । नमोबुद्धमा एकदशीददेखि पूर्णिमाको दिनसम्म लाग्ने यो पर्व वर्षकै ठूलो धार्मिक पर्व हो । उक्त समय अवधिमा करिव १८÷२० लाख धर्मलम्बी तथा भक्ताजनहरु दर्शन गर्न आउने गर्दछ ।
यस पर्वमा बौद्ध धर्मलम्बीहरु मात्र नभई बसै समुदाय र अन्र्तराष्ट्रिय पर्यटकहरु समेत सहभागी हुने गर्दछन् । त्यस समयमा काभ्रे आसपासका जिल्लाहरु विशेष गरेर भक्तपुर, ललितपुर, काठमाडौं, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली र अन्य थुप्रै जिल्लाहरुबाट दर्शन गर्नका लागि आउने गर्दछन् । त्यस क्षेत्रमा कात्तिक पूर्णिमा बाहेक चैत पूर्णिमा, जनैपूर्णिमा र हरेक पूर्णिमा र औशीहरुमा पनि मेला लाग्ने गर्दछ । पर्यटकीय हिसाबले हेर्ने हो भने पर्यटन क्षेत्रमा परिचित नाम हो । भौगोलिक हिसाबले हेर्दा पनि पहाडको आसपासमा रहेको र बस्नको लागि प्रतिकुल वातावरण भएकाले बस्नका लागि निकै योग्य ठाउँ रहेको छ । यस ठाउँको पर्यटकीय आकर्षन भनेको अग्लो डाँडा, हरियाली वातावरण, स्वच्छ हावापानीका साथै ठूला ठूला गुम्बा र त्यहाँका आकृतिहरु रहेको छ । बौद्ध धर्म लामा गुरुहरु र उनिहरुले बजाईने बाजाहरुको धुन, विभिन्न प्रकारले सजिएको भागवानका मूर्तिहरु, थन्का रहेका छन् ।
बौद्ध धर्मको पुरानो पुरात्वतिक वस्तुहरु र कष्टकलाले कुदिएर बनाएको आकर्षक मूर्तिहरुले गर्दा विदेशी पर्यटकहरु ल्योभ्याउने गर्दछ । १०८ ओटा कोठा भएको सबैभन्दा ठूलो गुम्बा रहेको छ । राजधानीका नजिक रहेका कारणले दैनिक जसो काठमाडौका विभिन्न स्कूल कलेजबाट विद्यार्थीहरु समेत भ्रमण गर्न आउने गर्दछ । त्यस वरीपरी रमणीय दृश्य हेर्न र पिकनिक खाना आउनेको जमत पनि निकै बढ्दै गएको छ । जसले गर्दा यहाँको आर्थिक आम्दानी पनि राम्रै नै हुने गर्दछ । यहाँ होटल व्यवसायी र रोजगारको पनि अवसर भएको छ । त्यसैले काभ्रे जिल्लाकै नमूना ठाउँको रुपमा नमोबुद्धलाई लिईन्छ । –सहकार्य मासिक पत्रिकाबाट