सार्वजनिक जग्गामा भू–माफियाको चलखेल, बस्ती नैं व्यक्तीको नाममा

२ पुष २०७४, आईतवार ०८:४४

श्याम गुप्ता पुस २, बारा ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२३ मा बस्दै आएका सुकुम्वासी दलितहरुको जग्गाको लालपुर्जा अर्कै व्यक्तिको नाममा भएको भेटिए पछि उनीहरु बसोबास उठ्ने डरले पीडित बनेका छन् ।

उपमहानगरको वडा नं.२३ का वडा अध्यक्ष असलम देवानले वडा भवन बनाउँन केही सार्वजनिक जग्गाको खोजी गर्ने क्रममा ३ वटा बस्ती अर्कै व्यक्तिको नाममा रहेको खुलेको हो । गत विक्रम् सम्वत् २०५५ साल पुसमा सुकुम्बासी समाधान आयोगको नक्कली प्रमाण पेस गरी करिब २० बिगाह सार्वजनिक जमिन व्यक्तिको नाममा पुर्जा बनेको भेटिएको छ । मालपोत कार्यालयमा सुकुम्वासी समाधान आयोगको सिफारिस लिएर पुगेका उनीहरुले मातपोतले पुर्जा बनाईदिन नमाने पछि पुनरावेदन हुँदै सर्वाेच्च अदालत सम्ममा उजुरी गरेका थिए । मालपोत कार्यालयलाई विपक्षी बनाई उनी मध्ये एक प्रधुन्नराज पाण्डेले सर्वोच्चामा आफ्नों नाममा श्रेस्ता कायम भएको जग्गाको पुर्जा नपाएको भनी मुद्दा लडेका थिए । ०७४ कात्र्तिक २८ गते न्यायाधीश तेजबहादुर केसी र पुरुषोत्तम भण्डारीको संयुक्त ईजलासले जिल्ला मालपोतलाई पाण्डेले दाबी गरेको कित्ताको मोठ स्रेस्ताको प्रमाणित प्रतिलिपि र निज पाण्डेको हगभोगमा जग्गा छ या छैन भनि सात दिन भित्र जानकारी दिन पत्र काटेका थियो । यता , मालपोतले भने पाण्डेले दाबी गरेको जग्गाको श्रेस्ता नभेटिएको र सो जग्गा हाल सम्म पनि नेपाल सरकार कै नाममा रहेको लिखित पत्र पठाएको छ । कार्यालयका एक कर्मचारीले प्रधुन्नराज पाण्डेको नाममा रहेको पुर्जाको कुँनै श्रेस्ता नभएको र ०५५ साल तिरै कुँनै कर्मचारी कै मिलोमतोमा नक्कली पुर्जा बनेको हुँन सक्ने बताए । निजहरुले करिब २० बिगाह जग्गाको नक्कली पुर्जा बनाई सदर गर्न मालपोतका कर्मचारीको मिलोमतोमा त्यहाँ रहेको पुरानो कित्ताको रेकर्डलाई गुमनाम बनाई नक्कली पुर्जा फाईलको बिचमा राखिएको पाईएको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२३ का अध्यक्ष असलम देवानले बताए । पाण्डेले हाल जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२३ , साबिक रामपुरटोकनी वडा नं.२ को कित्ता नम्बर ३६२ को नाममा बनाएको पुर्जाको सोही कार्यालयमा श्रेस्ता नभेटिए पनि उनको पुर्जा नक्कली रहेको ठहर भएको हो । हाल अमेरिका बस्ने स्थाई घर काठमाण्डौं भएका पंकजराज पाण्डे , पर्साका प्रधुन्नराज पाण्डे , काठमाण्डौंकी बन्धना पाण्डे र अर्चना पाण्डे लगायत केही अन्य व्यक्तिहरुले ती २० बिगाह जग्गा आफ्नों नाममा बनाएको २३ नम्बर वडाका अध्यक्ष असलम देवानले बताए । सो समयमा मालपोत कार्यालयले आर्थिक प्रलोभनमा परी ऐलानी जग्गालाई भुमाफियाको कागजी रुपमा सुकुम्वासी प्रमाण बनाई ३ वटा बस्तीको जग्गा अन्यत्र बस्नेहरुको नाममा नक्कली पुर्जा बनाई दिएको खुलेको छ । सोही नक्कली पुर्जा कै आधारमा उनीहरुले यहाँका केही सडक किनारका जग्गाहरु भाडामा समेत लगाएको खुलेको छ । बिरगंज पथलैया औद्योगिक करिडोर मैं पर्ने भलुही लगायत अन्य केही जमिनमा उद्योग स्थापनाका लागि समेत दिएको खुलेको वडा अध्यक्ष देवानले बताएका छन् । सोही सार्वजनिक जग्गामा पर्ने चित्रगुप्त पेट्रोल पम्प रहेको स्थान समेत पम्पका सञ्चालक सुरेन्द्र श्रीवास्तवले जग्गा लिजमा लिएर चलाएको रहस्य खुलेको छ , भने केही माफियाको वारेस स्थानीय व्यक्ति नैं वसी यहाँको सूचना उनीहरुलाई दिने गरेको बताईएको छ ।

स्थानीयको विरोध

यसैबिच,सो स्थानको सार्वजनिक जग्गामा बसोबास गर्दै आएका दलित मुस्लिम लगायतका सुकुम्बासी परिवारले आँफू बसोबास गर्दै आएको जग्गा व्यक्तिको नाममा रहेको पाए पछि आन्दोलित बनेका छन् । उनीहरुले सार्वजनिक जग्गा फिर्ता गर , भूमाफियालाई कारवाही गर लगायतको विभिन्न माँग राखी ¥याली निकालेका छन् । उनीहरुले ४० वर्ष देखि वसोवास गर्दै आएको जग्गालाई भूमाफियाले आफ्नों कब्जामा पारी वस्ती विस्थापित बनाउँन खोजेको आरोप लगाएका छन् ।  उनीहरुलाई ०५५ साल मैं सुकुम्बासी आयोगले आँफूहरु बस्दै आएको जग्गाको दर्ता नम्बर कायम गरी दर्ता प्रमाण–पत्र समेत दिएको बताएका छन् । जीतपुरसिमरा वडा नम्बर २३ का वडा अध्यक्ष असलम देवानले नक्कली लालपुर्जा बनाई उनीहरुले भित्र भित्रै किन बेचको योजना बनाईएको रहस्य खुलेको बताएका छन् । निजहरुले सुकुम्बासी आयोगबाट नक्कली सिफारिस बनाएर मालपोतको कर्मचारीसँंग मिलोमतो गरी नक्कली पुर्जा बनाएको खुले पछि नगरपालिकाबाट केही दिन अघि जग्गा किनबेच रोक्का गर्न मालपोतलाई पत्र पठाएको बताएको वडा अध्यक्ष देवानले बताए । सो क्षेत्रमा अहिले करिब एक हजार पाँच सय परिवारले बसोबास गर्दै आईरहेका छन् ।