‘सरकार गठन र नेतृत्व’bout विवाद छैन’– पूर्वप्रधानमन्त्री नेपाल

मंसिर २९, वीरगञ्ज । नेकपा एमालेको वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कामचलाउ भइसकेको सरकारले गरेको निर्णय मान्न आफूहरु बाध्य नहुने बताएका छन् ।

प्रदेश प्रमुख नियुक्तिको तयारीप्रति संकेत गर्दै उनले कुनै नियुक्ति गर्नैपर्ने संवैधानिक वाध्यता भए छलफल गरेर मात्रै निर्णयमा पुग्नुपर्नेमा जोड दिए ।  प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले वाम गठबन्धनका बहुमत आइकसेकोले सरकार निर्माणको तयारी शुरु भएको बताए ।  ‘देउवा नेतृत्वको सरकारले कुनै पनि नियुक्ति, सरुवा, बढुवा गर्न मिल्दैन, गर्नैपर्ने संवैधानिक बाध्यता छ भने पनि सरकार बनाउने तयारीमा रहेको वाम गठबन्धनसँग सल्लाह गरेर गर्नुपर्छ, अन्यथा निर्णय मान्न बाध्य हुने छैनौं’, उनले भने ।

 

उनले सरकार गठन र नेतृत्वमा कुनै विवाद नभएको दाबी गरे ।यद्यपि, उनले सरकारको नेतृत्व कसले गर्नेभन्ने’boutमा भने केही पनि खुलाएनन् ।  जित्नु ठूलो नभएर जीतपछि जिम्मेवारी पुरा गर्ने योग्यता र क्षमता प्रस्तुत गर्नु महत्वपूर्ण कुरा भएको बताए ।  ‘तपाईंहरु ढुक्क हुनुस्, हामी विकास र समृद्धिको बलियो जग बनाउँछौं । जग मात्रै होइन, बलियो घरहरु पनि बनाउँछौं’, नेता नेपालले भने, ‘तराई मधेसको विकासका लागि हुलाकी राजमार्गमा १० वटा नयाँ शहर बनाउने योजना अघि सारेका छौं । सडक, रेल निर्माणको महान अभियान सञ्चालन गर्छौ, उत्तर दक्षिण सडकहरु बनाउँछौं ।’


प्रकाशित | २०७४ मंसिर २९ प्रकाशित ०४:४८

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ