समानुपातिक मतका आधारमा प्रतिनिधिसभा तथा प्रदेश सभामा विभिन्न दलले प्राप्त गरेको सिट संख्या

१ पुष २०७४, शनिबार १२:२७

समानुपातिक मतका आधारमा प्रतिनिधिसभा तथा प्रदेश सभामा विभिन्न दलले प्राप्त गरेको सिट संख्या


प्रतिनिधि सभामा:

११० समानुपातिक सांसदमध्ये
एमालेल: ४१,
कांग्रेस: ४०,
माओवादी: १७
संघीय समाजवादी फोरम :६
राजपा नेपाल:६

प्रदेशसभा
प्रदेशसभामा समानुपातिकतर्फ सिट कायम गर्न कुल सदर मतको १ दशमलव ५ प्रतिशत मत कटाउनुपर्छ ।
प्रदेश नम्बर १
एक नम्बर प्रदेशमा बन्ने ९३ सदस्यीय प्रदेशसभामा ३७ जना सांसद समानुपातिकबाट छानिदै छन् । दलहरुले प्राप्त गरेको मतअनुसार ३७ सिटमध्ये एक नम्बर प्रदेशमा
एमालेले १५,
कांग्रेसले १३
माओवादीले ६,
संघीय समाजबादी फोरमले २ र
राप्रपाले १ सिट पाउने भएका छन् ।
प्रदेश नम्बर २
प्रदेश नम्बर २ मा १ सय ७ सदस्यीय प्रदेशसभा बन्दैछ । जसमा प्रत्यक्षबाट ६४ र बाँकी ४३ प्रतिशत समानुपातिकबाट छानिदैछन् । समानुपातिकतर्फको ४३ सिटमा दुई नम्बर प्रदेशमा पहिलो दल कांग्रेस, दोस्रो राजपा र तेश्रो संघीय समाजवादी भएका छन् ।
कांग्रेसले ११,
राजपा र फोरमले ९–९ सिट पाउने छन् ।
एमालेले ८ र
माओवादीले ५ जना र
नेपाल संघीय समाजवादी पार्टीले एक सिट पाउनेछ ।
प्रदेश नम्बर ३
प्रदेश नम्बर तीनमा एक सय १० सदस्यीय प्रदेशसभा गठन हुनेछ । जसमध्ये ६६ जना प्रत्यक्षबाट निर्वाचित भइसकेका छन् भने ४४ जना समानुपातिकबाट चुनिनेछन् ।
एमालेले १७,
कांग्रेसले १४,
माओवादीले ८,
विवेकशील साझा पार्टीले ३ र
राप्रपा र नेपाल मजदुर किसान पार्टीले एक–एक सिट पाउने भएका छन् ।
प्रदेश नम्बर ४
प्रदेश नम्बर चारको समानुपातिकतर्फ पनि एमाले पहिलो दल बनेको छ । प्रत्यक्षबाट ३६ र समानुपातिकबाट २४ सहित यो प्रदेशमा ६० सदस्यीय प्रदेशसभा गठन हुँदैछ ।
एमालेले १०,
कांग्रेसले ९,
माओवादीले ३
तथा नयाँ शक्ति र राष्ट्रिय जनमोर्चाले १–१ सिट पाउने छन् ।
प्रदेश नम्बर ५
५ नम्बर प्रदेशमा ८७ सदस्यीय प्रदेशसभा बन्दैछ । जहाँ ५२ जना प्रत्यक्षबाट निर्वाचित भएका छन् भने समानुपातिकबाट ३५ सांसद आउनेछन् । यो प्रदेशमा एमाले र कांग्रेसले झण्डै बराबर जस्तै मत पाएका छन् ।
एमालेले १३,
नेपाली कांग्रेसले १२,
माओवादी केन्द्रले ६,
संघीय समाजबादी फोरमले २ र
राष्ट्रिय जनता पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाले १–१ जना सांसद पाउने भएका छन् ।
प्रदेश नम्बर ६
६ नम्बर प्रदेशमा सबैभन्दा सानो अर्थात ४० सदस्यीय प्रदेशसभा बन्नेछ । यो प्रदेशमा प्रत्यक्षबाट २४ सांसद चुनिइसकेकाले समानुपातिकबाट १६ जना सांसद चुनिनेछन् । यो प्रदेशमा पनि समानुपातिकतर्फ एमाले पहिलो र कांग्रेसले दोस्रो धेरै मत पाएका छन् ।
एमाले र कांग्रेसले समान ६–६
माओवादीले ४ सिट
प्रदेश नम्बर ७
सात नम्बर प्रदेशमा समानुपातिकतर्फ नेपाली कांग्रेस पहिलो दल बनेको छ । यो प्रदेशमा समानुपातिकबाट
कांग्रेसले ८,
एमालेले ७,
माओवादीले ४ र
राजपा र राप्रपाले एक एक सिट पाउनेछन् ।
प्रत्यक्षतर्फ ३२ समानुपातिकबाट २१ गरी सात नम्बर प्रदेशमा ५३ सदस्यीय प्रदेशसभा बन्नेछ ।
केन्द्रिय संसदमा जस्तै प्रदेशसभामा पनि महिलाको उपस्थिति ३३ प्रतिशत अनिवार्य गरिएको छ । प्रदेशसभामा पनि प्रत्यक्षतर्फ महिला कम मात्र चुनिएकाले समानुपातिकबाट धेरै महिलाको नाम सांसदका रुपमा जाने निश्चित छ