२ जिल्ला बाहेक ७५ जिल्लाको समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक (सूचिसहित)

२ पुष २०७४, आईतवार ०२:०४

पुस २, काठमाडौं। मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपतिकतर्फको तीनवटा मतपेटिका बाहेक अन्य सबै जिल्ला र प्रदेशको मत गणना गर्ने कार्य सकिएको छ । अब सर्लाही जिल्लाको क्षेत्र नम्बर २ को तीनवटा मतपेटिकाको मात्र मतगणना गर्न बाँकी रहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

सर्लाही जिल्लाको निर्वाचन क्षेत्र नं. २ का सहायक निर्वाचन अधिकृत मुकुन्द आचार्यले मतगणना गर्न बाँकी रहेका तीनवटा मतपेटिकाको गणना कार्य आइतबार बिहान १० बजेभित्रै सम्पन्न गरी मतपरिणाम सार्वजनिक गरिने जानकारी दिए । आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट प्राप्त जानकारी अनुसार, आयोगको सूचना प्रणालीमा सोलुखुम्बु जिल्ला र सर्लाही जिल्लाको क्षेत्र नं .२ को अन्तिम मत परिणामबाहेक अन्य सबै जिल्ला र निर्वाचन क्षेत्रको मतपरिणाम प्राप्त भइसकेको छ ।   प्राप्त पछिल्लो विवरण अनुसार, प्रतिनिधिसभातर्फ नेकपा (एमाले) को अग्रस्थान कायमै रहेको छ । त्यसैगरी दोस्रोमा नेपाली काँग्रेस, तेस्रोमा नेकपा (माओवादी केन्द्र) को गठबन्धन, चौथोमा राष्ट्रिय जनता पार्टी र पाँचौंमा संघीय समाजवादी फोरम नेपाल रहेका छन् ।   यसैगरी, सातवटा प्रदेशमध्ये पाँचवटामा नेकपा (एमाले) र दुईवटा प्रदेशमा नेपाली काँग्रेस अग्रस्थानमा रहेका छन् । समानुपतिकतर्फ प्रतिनिधि र प्रदेशसभामा धेरै मत ल्याउने दश दल यस प्रकार रहेका छन्–

नेकपा (एमाले) ३१६१२९५
नेपाली काँग्रेस ३१११६४३
माओवादी केन्द्र १२९५९०३
राजपा नेपाल ४७०४८६
फोरम नेपाल ४६९४६१
विवेकशील साझा २१२२९३
राप्रपा १९६१९०
राप्रपा ९प्रजातान्त्रिक० ८८२८०
नयाँ शक्ति पार्टी ८१४४६
राष्ट्रिय जनमोर्चा ६२१२३
अन्य ३५४४९८

प्रदेश १

नेकपा (एमाले) ६६३२५१
नेपाली काँग्रेस ५७२७९९
मओवादी (केन्द्र) १९८७५०
फोरम, नेपाल ७०२२३
राप्रपा ५५७८७
संलोरा मञ्च २६१२२
विवेकशील साझा २१३४३
राजपा नेपाल २०५९५
राप्रपा (प्रजातान्त्रिक) १६१४५
मंगोल नेशनल ८१०९
अन्य ४८८४१

प्रदेश २

नेपाली काँग्रेस ३६९०६९
राजपा नेपाल ३१६९७४
फोरम, नेपाल २८३५०५
नेकपा (एमाले) २४९६१४
मओवादी (केन्द्र) १८२५०३
संघीय समाजवादी ३२७९५
राप्रपा १७०३१
राप्रपा (प्रजातान्त्रिक) ११६२६
नयाँ शक्ति १०७२८
नेकपा माले ७६६१
अन्य ५१५८५

प्रदेश ३

नेकपा (एमाले) ६७७३१७
नेपाली काँग्रेस ५५९२४९
मओवादी (केन्द्र) ३१६८७६
विवेकशील साझा १२४४४२
राप्रपा ५९२६६
नेमकिपा ४१६१०
राप्रपा (प्रजातान्त्रिक) २८८५५
नयाँ शक्ति २३९५८
राप्रपा (राष्ट्रवादी) १२९८३
माले ९४८१
अन्य ३७२६७

प्रदेश ४

नेकपा (एमाले) ३७३५०१
नेपाली काँग्रेस ३६४७९७
मओवादी (केन्द्र) ११९५२८
नयाँ शक्ति २४६२५
राष्ट्रिय जनमोर्चा १९३७६
विवेकशील साझा १६५७३
राप्रपा १५६४९
राष्ट्रिय जनमुक्ति ४५९४
फोरम नेपाल ३७४७
राप्रपा (प्रजातान्त्रिक) ३६६१
नेकपा माले १०७६८

प्रदेश ५

नेकपा (एमाले) ५३३६१३
नेपाली काँग्रेस ५३०८४४
मओवादी (केन्द्र) २३९२८१
फोरम नेपाल ७८५६७
राजपा नेपाल ५४११०
राष्ट्रिय जनमोर्चा ३२५४६
राप्रपा २३२१३
राप्रपा (प्रजातान्त्रिक) २०९७५
विवेकशील साझा २०२४४
राष्ट्रिय जनमुक्ति १८३९५
अन्य ६०३९२

प्रदेश ६

नेकपा (एमाले) १६९७५५
नेपाली काँग्रेस १६२००३
मओवादी (केन्द्र) ११७२९८
राप्रपा १५६२९
नेमकिपा ९७७८
राप्रपा (प्रजातान्त्रिक) ५३२४
नयाँ शक्ति २९४२
राष्ट्रिय जनमोर्चा २११३
विवेकशील साझा २१०८
नेकपा माले २०१३
अन्य ५१९९

प्रदेश ७

नेपाली काँग्रेस २९५७२९
नेकपा (एमाले) २६०९५५
मओवादी (केन्द्र) १४२७०२
राजपा नेपाल ३६९०२
राप्रपा १५४४४
विवेकशील साझा ८५२८
नयाँ शक्ति ७८३३
राप्रपा (प्रजातान्त्रिक) ५८८४
राष्ट्रिय जनमोर्चा ४८२५
नेकपा माले २८३९
अन्य ९४२९