समाजवाद पढाउन चीनमा १० संस्था खोलिने

४ पुष २०७४, मंगलवार ११:३५

पुस ४, काठमाडौं ।(एजेन्सी)
चीनका राष्ट्रपति सी जिङ पिङका विचार अध्ययन र व्याख्याका लागि १० अनुसन्धान केन्द्र खोलिने भएको छ । सत्तारुढ कम्युनिष्ट पार्टीले यसका लागि स्वीकृति दिइसकेको बताइएको छ । चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले दिएको जानकारीअनुसार विज्ञहरुले सीको विचारले देश विकासमा सहयोग पुग्ने बताएका छन् ।

समाचारअनुसार अनुसन्धान केन्द्रको स्थापना कम्युनिस्ट पार्टी अफ चाइना, पार्टी स्कुल विभाग, शिक्षा मन्त्रालय, चाइना एकेडेमी अफ सोसल साइन्सेजलगायत अन्य विश्वविद्यालयले गर्ने भएका छन् ।
सीको विचारलाई चीनको विकासको मार्गचित्र मानिएको छ । सी सर्वाधिक प्रतिभासाली नेता मानिन्छन् । उनी पार्टी अध्ययक्ष, राष्ट्रपति र सेना प्रमुख पदमा आगामी पाँच बर्षका लागि दोस्रो पटक निर्वाचित भएका हुन् ।