सप्तरीका बाढी पीडितलाई डेउ नेपाली एकता समाजको मल्हमपट्टी

मंसिर २९, काठमाडौं । नेपाल पूर्वी तराईका बाढी पिडितलाई डेउ नेपाली एकता समाज दक्षिण कोरियाले मल्हमपट्टी लगाएका छन् ।

गत साउनमा गएको बाढीका कारण घरबारबिहिन भइ विस्थापित भएका सप्तरीबासीलाई राहत पु¥याउने उद्देश्यले जस्तापाता वितरण गरी सहयोग गरेका छन् ।  डेउ नेपाली एकता समाज गजेदो दक्षिण कोरिया ले बाढी पीडित हरुलाई लक्षित गरि आर्थिक सहयोग संकलन अभियान संचालन गरेको थियोे उक्त अभियान बाट संकलित रकमले पीडितहरुको अस्थायी बसोबास र जाँडोको शीत लहरबाट बच्न सहयोग मिल्ने त्यस समाजका उपाध्यक्ष रवि लामाले जनाए ।  सो रकम उपाध्यक्ष रबि लामा र सह सचिव दिनेश पाठकको नेतृत्वमा सप्तरी स्थित तिरुहत गाउपालिका वाड नं. २ का पीडितहरुलाई राहत स्वरूप जस्तापाता वितरण गरेको थिए । समाज का उपाध्यक्ष रबि लामाले स्थानीय जनप्रतिनिधिसंगको समन्वयमा संस्थाले लक्षित गरेको तिरुहत गाउपालिका २ सप्तरी का ४३ घरपरिवार पीडितलाई गत मंसिर २३ गते एक कार्यक्रम का बिच राहत स्वरूप समाजको तर्फबाट जस्तापाता हस्तान्तरण गरेका थिए ।


प्राकृतिक विपत्ति को ३÷५४ महिना पछि पनि पीडितहरु त्रीपाल मुनिनै बसिरहेका छन ,यस्तो पिडादायी अवस्था हुदा समाजले जस्तापाता हस्तान्तरण गरि पीडित को कष्टकर जनजीवनमा थोरै भए पनि छहारी हाल्ने काम भएको छ। सो कार्यले आफ्नो गाउँ का बाढी पीडित जनताले राहतको सास फेरेको गाउपालिका प्रमुख ले बताए ,उनले प्रबास मा पसिना बगाएर साटेको पैसाले आफ्नो देश का विपन्न निमुखा पीडितहरुको पिडा मा मल्हम पट्टी लगाएको देख्दा वास्तव मै आफू प्रभावित र भावुक भएको बताए । यसका साथै डेउ नेपाली एकता समाज र कोरिया बासी नेपालीहरु प्रति अभार व्यक्त गरे।

यद्यपि यो कार्य चाडै सम्पन्न गर्न खोजिए पनि कोरियाली चाडपर्व लगत्तै नेपाल को चाडपर्व र चुनाव ले गर्दा लक्षीत समयमै पीडितको हातमा राहत पुर्‍याउन नसकिएको कारण अलि ढिलाइ भएकोमा समाजका अध्यक्ष अंशुबर्मा लिम्बूले सबै संग क्षमा याचना गरेका छन । यसैगरी नेपाल गएर सबैलाई जुटाएर राहत वितरण गर्ने जिम्मा लिएका समाजका उपाध्यक्ष रबि लामाले समयको अभावले गर्दा सार्वजनिक सूचना सम्प्रेषण गरेअनुसार समयमा पुग्न नसकिएको बताए ।


प्रकाशित | २०७४ मंसिर २९ प्रकाशित ०४:०७

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ