सगरमाथाको उचाई मापन गर्ने तयारी, २ वर्षमा पूरा हुने

३ पुष २०७४, सोमबार ०४:४२

पुस २३, कनठमाडौं । सरकारले आफ्नै स्रोतसाधन प्रयोग गरेर पहिलो पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई मापन गर्ने भएको छ ।

सगरमाथा मापनका लागि आवश्यक गृहकार्य गर्दै मापन शुरु गर्ने तयारी सकिएको छ ।   भूमि सुधार तथा व्यवस्था मन्त्रालयका सहायक सहप्रवक्ता पुण्यविक्रम पौडेलले मापनका लागि सरकारले २ करोड रुपैयाँ विनियोजन गरिसकेको र आवश्यक थप रकमका लागि अर्थ मन्त्रालयले सुनिश्चितता गरिसकेको जानकारी दिए । “भूमिसुधार मन्त्रालयले सगरमाथाको उचाइ नेपालले आफ्नै स्रोत र जनशक्ति प्रयोग गरी मापन गर्नुपर्छ भनेर गत वर्ष नै प्रस्ताव गरेको थियो,” उनले भने । सरकारले बजेट तथा कार्यक्रममा उच्च प्राथमिकतामा राखेपछि आवश्यक तयारी गरी मापनको अन्तिम चरणमा पुगेको उनले बताए ।

भूमि सुधार तथा व्यवस्था मन्त्रालयअन्र्तगतको नापी कार्य अगाडी बढाउने छ । मापन कार्य सुरु गर्नुपूर्व विभागले भारत, चीन लगायत विभिन्न देशका नाप–नक्सासँग सम्बन्धित केन्द्रीय निकायका प्रतिनिधि, वैज्ञानिकसहितको अन्र्तराष्ट्रि गोष्ठी आयोजना गरेर कसरी मापन गर्ने विषयमा छलफल गरेको छ । मंसिर २५ र २६ गते काठमाडौंमा भएको गोष्ठीमा नापी विभागले मापनका लागि तयार पारेको कार्यविधिमा पनि छलफल भएको सहप्रवक्ता पौडेलले जानकारी दिए ।

विश्वको सर्वोच्च शिखरका रुपमा रहेको सगरमाथाको उचाइ आधिकारिकतबारे विभिन्न चर्चा भइरेको बेला नेपालले अन्र्तराष्ट्रिय स्तरमा मान्य हुने प्रविधि प्रयोग गरी मापन गर्ने गृहकार्य अगाडी बढाएको हो । यस अघि १७० वर्षअघि तत्कालिन सर्वे अफ इन्डियाले सगरमाथाको उचाइ मापन गरी ८ हजार ८४८ मिटर भएको निष्कर्ष निकालेको थियो । तत्पश्चत विभिन्न समयमा विभिन्न निकायले उचाइ मापन गरी फरकफरक उचाइ निकालेका थिए । तर त्यसले आधिकारिक मान्यता भने पाएको थिएन् । सबै पूर्वतयारी सकिएकाले मापनको कार्य तत्का ल सुरु गर्र्ने नापी विभागले जनाएको छ । आगामी दुई वर्षभित्र उचाई मापन कार्य सक्ने विभागले जनाएको छ ।