संगीतकार बसन्तको जाली रुमाल सार्वजनिक (भिडियो सहित)

२९ मंसिर २०७४, शुक्रबार ०६:२७

मंसिर २९, काठमाडौँ। संगीतकार बसन्त सापकोटाको संगीत, शब्द तथा स्वरमा रहेको नयाँ गीत ‘जाली रुमाल’को नयाँ गीत सार्वजनिक गरिएको छ। रिकेश गुरुङ किजको संगीत संयोजनमा तयार भएको गीतको भिडियो पनि निकै गज्जबको बनेको छ। के एण्ड के प्रोडक्सनले निर्माण गरेको म्युजिक भिडियो सार्वजनिक गर्दै संगीतकार सापकोटाले दर्शकको माया पाउने बिश्वास ब्यक्त गरेका छन्।

 

राजधानीको रमणिय स्थानहरुमा छायांकन गरिएको भिडियोमा मोडल निराजन प्रधान र नायिका मरिस्का म्यारी पोखरेलको अभिनय रहेको छ। उत्सव दहालको सिनेम्याटोग्राफीमा तयार भएको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन्। सुरेन बसेलको कोरियोग्राफी रहेको म्युजिक भिडियोलाई अर्जुन अधिकारीले निर्देशन गरेका हुन्।