ललितपुरमा गुणस्तरहिन साम्रार्गीको प्रयोग गरि सडक मर्मत

५ पुष २०७४, बुधबार ०५:५८

पुष ५,  ललितपुर ।

ललितपुर जिल्लाको कोन्जयोसोम गाउँपालीकाको सडकको मर्मतसंम्भार गर्दा ठेकेदार पक्षले गुण्स्तरहिन साम्रार्गीको प्रयोग गरेको फेला परेको छ ।

गाँउपालीकाको अध्यक्ष गेपीलाल स्याङतानले गुणस्तरहिन स्रामार्गीको प्रयोग गर्दा सडक कालोपत्रे गरेको भोलीपल्टै ब्रिगिएको बताउनुभयो । यो सडकखण्ड टीकाभैरव लेले भारदेउ मानिखेल हुँदै गोटीखेलसम्म ५ वर्ष अघिमात्रै ग्रामिण पुननिर्माण तथा पुर्नवास क्षेत्र विकास कार्यक्रमले वनाईदिएको थियो । ठेकेदार पक्षले सडक खण्डअन्र्तगत गाँउपालीकाका १ र ५ वडाको स्मिामा पर्ने सडकमा खाल्डाखुल्डी परेको सडक टाल्न ठेक्का लिएको हो । खाल्डाखुल्डी टाल्न गएिको कालोपत्रै धेरै पातलो गरिएकाले पनि चाँडै बिग्रिने गरेको गाँउपालीकाका अध्यक्ष स्याङतानले बताउनुभयो । उहाँले भन्नुभयो ‘पातलोमा पनि अति पातले पिच गरिएको छ‘ । पिचको मोटाई एक ईन्च पनि नभएको उहाँले वताउनुभयो । सडकको दुराअवस्थाको वारेमा अनुगमन गर्न डिभिजन सडक कार्यालयलाई जानकनारी गराएको बताउनुभयो । डिभिजन सडक कार्यालय ललितपुरका प्रमुख प्रकाशचन्द्र भण्डारीले अनुगमन गरेर बस्तुस्थीति वझुने बताएको नेपाल समाचारपत्रले समाचार लेखेको छ ।