रुपन्देहीमा दुई मन्त्री पराजीत, विष्णु पौडेलको ह्याट्रिक

२४ मंसिर २०७४, आईतवार १०:२४

तेजेन्द्र के.सी.

 मंसिर, २४ बुटवल ।

प्रतिनिधिसभा र प्रदेशसभाका लागि दोस्रो चरणअन्तर्गत रुपन्देहीका दुई बहालवाल दुई मन्त्री पराजति भएका छन् भने एमालेका उपमहासचिव विष्णु पौडेलले ह्याट्रिक गर्न सफल भएका छन्।

स्वास्थ्य मन्त्री दिपक बोहरा, खानेपानी तथा सरसफाई राज्य मन्त्री अब्दुल राज्जाकले पराजय व्योहोरेका छन् । स्वास्थ्य मन्त्री बोहरालाई क्षेत्र नम्बर तिनबाट एमालेका उपमहासचिव घनस्याम भुषालले हराएका छन् ।  राज्यमन्त्री राज्जाकलाई एमाले छविलाल विकले हराएका छन् । रुपन्देही क्षेत्र नम्बर २ मा एमाले उपमहासचिव विष्णु पौडेलले मतान्तर फराकिलो बनाउँदै ह्याट्रिक गर्न सफल भएका छन् ।

रुपन्देही क्षेत्रनम्बर ४ बाट राजपा उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्ला पराजित भएका छन् । पुर्व मन्त्री समेत रहेको शुक्ला ११ हजार ३०२ मत अन्तरले कांग्रेस उम्मेदवार प्रमोदकुमार यादवसँग पराजित भएका छन् । यादव ३१ हजार ७१८ मतसहित निर्वा्चित भएका छन् । शुक्लाले २० हजार ४१६ मत ल्याएका छन् ।

पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाली काँग्रेसका युवराज गिरीलाई २२ हजार ६६ मतको फराकिलो मतान्तरले पराजित गरेका हु्न्। निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको परिणामअनुसार नेता पौडेलले ४४ हजार नौ मत प्राप्त गर्नुभएको छ भने प्रतिद्वन्द्वी गिरीले २१ हजार ९४६ मत प्राप्त गर्नुभएको छ ।

नवनिर्वा्चित नेता पौडेलले यसअघि विसं २०७० मा तत्कालीन नेकपा (माओवादी)का वरिष्ठ नेता डा बाबुराम भट्टराईलाई झण्डै छ हजार मतान्तरले पराजित गर्नुभएको थियो । पटक पटक जनताबाट निर्वा्चित पौडेलले २०६४ सालको संविधानसभाको निर्वाचनमा काँग्रेसका नेता सूर्यप्रसाद प्रधान(हाल स्वर्गीय)लाई पराजित गरेका थिए ।

यसै निर्वाचन क्षेत्रको प्रदेशसभातर्फ पनि एमालेले जीत हात पारेको छ । प्रदेशसभा (क) मा वाम गठबन्धनका तर्फबाट एमालेका केन्द्रीय सदस्य तथा रुपन्देही इञ्चार्ज लीला गिरी २१ हजार ७३४ मत प्राप्त गरी विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी काँग्रेसका काजीमान श्रेष्ठले नौ हजार ७७८ मत प्राप्त गरेका छन् ।

यसैगरी प्रदेशसभा २ मा पनि वाम गठबन्धनका तर्फबाट एमालेका भोजप्रसाद श्रेष्ठ २१ हजार १३५ मत प्राप्त गरी बिजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी काँग्रेसका उम्मेदवार महेशमान सिंहले १२ हजार ५६५ मत प्राप्त गरेर प्रतिनिधिसभा सदस्यका लागि विजयी भएका छन् । रुपन्देही क्षेत्र न १ मा एमालेका छविलाल विश्वकर्माले २६६५४ मत लिएर बहालबाल मन्त्री नेपाली काग्रेस अब्दुल रज्जाकलाई हराएका छन् । रज्जाकले  २०९०२ मत ल्याएका छन् ।

यस्तै प्रदेशसभातर्फ प्रदेश (क) मा गठबन्धनका तर्फबाट एमालेका डा कृष्ण न्यौपानेले विजयी भएका छन् । (ख) माओबादिका माधव शर्मा न्यौपाले जित हासिल गरेका छन् । क्षेत्र नं ३ को प्रतिनिधिसभातर्फ एमालेका उपमहासचिव घनश्याम भुसालले २९ हजार ६०१ र उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बनेका राप्रपाका वरिष्ठ उपाध्यक्ष तथा स्वास्थ्यमन्त्री दीपक बोहराले २५ हजार ७३ मत प्राप्त गरेका छन् ।

यस निर्वाचन क्षेत्रअन्तर्गतको प्रदेशसभाको मतगणना अन्तिम परिणाममा प्रदेश (क)मा संघीय समाजवादी फोरम नेपालका सन्तोष पाण्डे र (ख) मा एमालेका तुल्सी चौधरी निर्वा्चित भएका छन् । क्षेत्र नं ५ मा प्रतिनिधिसभातर्फ काँग्रेसका नेता भरतकुमार शाह ३३ हजार ८८ मत प्राप्त गरी विजयी भएका छन् ।

निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका नेता डिलाराम आचार्यले २० हजार ४३८ मत प्राप्त गरेका छन् । सो निर्वाचन क्षेत्रमा प्रदेशसभा (क) मा ४५ हजार ९१५ मत खसेकामा एमालेका भूमीश्वर ढकाल २२ हजार २५ मत प्राप्त गरेका छन् निकटतम प्रतिद्वन्द्वी काँग्रेसका विष्णु पोखरेलले १५ हजार ४१६ मत प्राप्त गरेका छन् ।

यस्तै प्रदेशसभा (ख) मा काँग्रेसका फकरुद्दिन खाँ १६ हजार ६८३ मत प्राप्त गरी विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वीसमाजवादी फोरमकी रामावती पासवानले नौ हजार २५० मत प्राप्त गरेका छन् । निर्वाचनको परिणाम घोषणासँग निवाचित उम्मेदवारका दलका समर्थकले विजय उत्सव मनाउन थालेका छन् ।