राष्ट्रिय सभा गठन नभएसम्म संसद पूर्ण नहुने पौडेलको भनाई

४ पुष २०७४, मंगलवार ०२:१०

पुस ४, काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेश राष्ट्रपतिले रोक्न नमिल्ने बताएका छन् । वरिष्ठ नेता पौडेलले मतदातालाई धन्यवाद दिने क्रममा भने, ‘दुई महिना अघि सरकारले पठाएको राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेश राष्ट्रपतिले रोकेर राख्नु राम्रो होइन ।’ राष्ट्रियसभा गठन नभई प्रतिनिधिसभा र प्रधानमन्त्री चयनको प्रक्रिया शुरु नहुने पौडेलको भनार्र्इ छ ।

सरकारले नियुक्त गरेको प्रदेशसभा प्रमुखसँग वाम गठबन्धनका नेताले शपथ लिन्न भन्नु सर्वसत्तावाद र अधिनायकवादको संकेत भएको विचार पनि पौडेलले बताए । नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेलले राष्ट्रिय सभा गठन भएर संसदले पूर्णता नपाए सम्म कांग्रेसले सरकार नछोड्ने बताए । उनले राष्ट्रिय सभा गठन नभएसम्म संसद पूर्ण नहुने पनि स्पष्ट पारे ।
–नागरिक दैनिक