राजधानीमा बिहानको तापक्रम ३.२ डिग्री सेल्सियस

मंसिर २९, काठमाडौं । राजधानीसँगै मुलुकका विभिन्न भागमा चिसो बढेको छ । केही उच्च हिमाली क्षेत्रमा हिमपात भएसँगै चिसो बढेको हो ।

शुक्रबार बिहान राजधानीको तापक्रम ३.२ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विभागले जनाएको छ ।

विभागका अनुसार पश्चिम, मध्य र पूर्वी तराईका केही स्थानमा कुहिरो लागेको छ । केही स्थानमा बेलुकीसम्म नै कुहिरो लाग्ने पनि विभागले जनाएको छ ।

शुक्रबार पनि पश्चिम नेपालका केही हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जनाइएको छ ।


प्रकाशित | २०७४ मंसिर २९ प्रकाशित ०३:११

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ