राजधानीको मतगणना भोलिबाट मात्रै हुने

२१ मंसिर २०७४, बिहीबार १३:४२

मंसिर २१, काठमाडौँ । राजधानी काठमाडौँको मतगणना शुक्रबारबाट मात्रै हुने भएको छ ।

भोलि बिहान ६ बजे बस्ने सर्वदलीय बैठकले मतगणनाको समय तय गर्ने काठमाडौँका प्रमुख निर्वाचन अधिकृत रमेशराज पोखरेलले जानकारी दिए ।

‘काठमाडौंका दस क्षेत्रको मतपेटिका जम्मा गर्नुपर्ने भएकोले समय लाग्छ,’ उनले भने, ‘हामीले यसअघि नै तय गरेको तालिकाअनुसार नै काम गर्छौं ।’

काठमाडौंका सबै क्षेत्रको मतगणना गरिने स्थान पनि तय भइसकेको उनले बताए । क्षेत्र नम्बर १, २, ३ र ४ को राष्ट्रिय सभागृहमा मतगणना गरिने गरिने उनले बताए ।

क्षेत्र नम्बर ५ र ७ को सहकारी प्रशिक्षण बानेश्वर, क्षेत्र नम्बर ६ को जिल्ला समन्वयन समितिको कार्यालय बबरमहलमा, क्षेत्र नम्बर ८को बन परिषद्मा, क्षेत्र नम्बर ९ र १० को संसद भवन बानेश्वरमा मतगणना हुने भएको छ ।