युरेपेली संघद्वारा जेरुसलमलाई इजरायली राजधानी मान्न अस्वीकार

२७ मंसिर २०७४, बुधबार ०२:३७

मंसिर २७, ब्रसल्स । युरोपेली संघका विदेश नीति प्रमुख फ्रेडरिका मोगेरिनीले अन्तिम रुपमा शान्ति सम्झौता नभएसम्म ईयू सदस्यले जेरुसलमलाई इजरायली राजधानी नमान्ने बताएकी छिन् ।

युरोपेली संघको विदेश नीति प्रमुखले उक्त कुरा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँगको भेटवार्तापछि बताएकी हुन् । नेतान्याहुले युरोपेली संघ यस मामिलामा अमेरिकी नीति नै अवलम्बन गरुन् भन्ने चाहेका छन् ।   विदेश मामलिा प्रमुख फ्रेडरिका मोगेरिनाले ब्रसेल्समा नेतान्याहुसंगको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा युरोपेली संघले जेरुसलमको मुद्दामा अन्तराष्ट्रिय सहमतीलाई मान्यता दिन जारी राख्ने बताईन् । उनले भनिन्–‘दुई पक्षबीच सीधा वार्ताको माध्यमबाट अन्तिम सहमति नबनेसम्म युरोपेली संघ र उसका सदस्य अन्तराष्ट्रिय सहमतिको सम्मान गरिरहन्छ ।’ यद्यपि इजरायली प्रधानमन्त्री नेतान्यहुले जेरुसलमलाई इजरायली राजधानीका रुपमा अमेरिकाले दिएको मान्यता एक ‘वास्तविकता’ भएको बताए ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुससभालाई इजरायलीको राजधानीका रुपमा मान्यता दिएपछि उक्त फैसलाको अन्र्तराष्ट्रियस्तरमा कडा आलोचना भइरहेको छ । ट्रम्पको एकपक्षिय घोषणालाई लिएर टर्की, पाकिस्तान, चीन, रुसलगायत अधिकांश मुस्लिम देशहरुले कडा आपत्ति जनाउँदै त्यसको विरोध गरेका छन् । टर्कीका राष्ट्रपति रिसेप तपैय एर्डोगानले इजरायललाई ‘आतंकवादी राज्य’ को संज्ञा दिँदै जेरुसलमलाई इजरायलको राजधानीको दर्जा दिने अमेरिकी मान्यता ‘निरर्थक’ भएको घोषणा गरेका थिए ।

सिवासमा सत्तारुढ जस्टिस एण्ड डेभेलपमेन्ट पार्टीका बैठकमा बोल्दै एड्रोेगानले भने– ‘प्यालेस्टाइन सन् १९७४ देखि नै अधीनस्थ रहेको छ, इजरायल एक अतिक्रमणकारी राज्य, आतंकवादी राज्य हो ।’
एर्डोगानको उक्त कडा टिप्पणीलाई इजरायली प्रधानमन्त्री नेतान्याहुले अपमानित गर्ने बायन भएको बताए । उनले जवाफमा टर्की नेतालाई प्रवचन कुर्दिस गाउँहरुमा बमबारी गरेका छन्, पत्रकारहरुलाई बन्दी बनाएको र गाजा तथा अन्य स्थानहरुमा निर्दोषहरुमाथि आक्रमण गर्न आतंककारीलाई सहयोग गरेको बताए ।  यस अघि नेतान्याहुले पेरिसमा राष्ट्रपति इम्यानुयल म्याक्रोंसँगको भेटवार्तामा जेरुसलम ३ हजार वर्षदेखि इजरायलको राजधानी रहेको बताएका थिए । – (एजेन्सी)