यातायातका दुई कर्मचारी अख्तियारद्वारा पक्राउ

१० पुष २०७४, सोमबार ०३:०९

पुस १०, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय सुकेधाराका नायब सुब्बा यादव पौडेल र खरिदर सुमन पोख्रेललाई ३२ हजार घूससहित पक्राउ गरेको छ ।

आयोगका अनुसार साउदी अरेबियन सवारी चालक अनुमतिपत्रका आधारमा नेपाली सवारी चालक अनुमतिपत्र बनाइदिने प्रयोजनका लागि सेवाग्राहीसँग विभिन्न बहानामा घूस माग्दै गरेको बेला उनीहरुलाई आयोगको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका नायब सुब्बा पौडेल र खरिदार पोखरेलमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ । –कारोबार दैनिक