मौन अवधि नजिकिदै जाँदा, उम्मेदवारलाई मत माग्न भ्याई नभ्याई

१८ मंसिर २०७४, सोमबार ०९:४६

श्याम गुप्ता
मंसिर १८ ,  बारा । 
मौंन अवधी नजिकिदै जाँदा बाराको विभिन्न क्षेत्रमा रहेको प्रमुख पार्टीहरुले प्रचार प्रसारलाई तिब्रता दिएका छन् ।

सोमवार राती १२ बजेबाट सुरु हुँने मौंन अवधिको पूर्व संध्या बाम गठबन्धन , नेपाली काँग्रेस र संघिय समाजवादी फोरमले चुनावी प्रचारमा तिब्रता दिएका हुँन् । जिल्लामा विशेष गरी बाम गठबन्धन सहिँत नेपाली काँग्रेस र राजपाको त्रिपक्षिय भिडन्तका लागी दलका उम्मेदवारहरु अहिले चुनावी घरदैलो र सभामा व्यस्त देखिएका छन् ।दलका उम्मेदवारहरु यती बेला मतदाताका घरदैलो मैं पुगेर मत माँगिरहेको अवस्था छ । भने अनेकौं चुनावी एजेण्डा मतदातालाई बाँडिरहेका छन् । बारा क्षेत्रका बाम गठबन्धनबाट प्रतिनिधी सभाका उम्मेदवार बनेकाहरुले देशमा गठबन्धन सरकारलाई स्थायित्व दिने बताउँदै जितलाई कसैले रोक्न नसक्ने बताउँ छन् र बाराका एतिहाँसिक गौरवका धरोहरलाई जोगाउँन र संम्वर्धन गर्नका लागी पनि आँफुहरुले उम्मेदवारी दिएको उम्मेदवारहरुको दाबी छ ।

 

बाराको क्षेत्र नं. १ मा विशेषगरी बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन बिच प्रमुख प्रतिस्पर्धा हुँने देखिन्छ । भिड्न्तका लागी दलका उम्मेदवारहरु चुनावी घरदैलो र सभामा व्यस्त छन् । क्षेत्र नं. १ मा लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधि सभाका लागि उमाकान्त चाधरीे उम्मेदवार छन् , भने बाम गठबन्धनबाट अच्युत मैनाली उम्मेदवार हुँन । आगामी निर्वाचनमा यी दुई बिच रोचक भिडन्त हँुने निचित छ । उमाकान्त चौधरी २ पटक मन्त्री समेत बनिसकोका छन् । भने अच्युत मैनालीको यो पहिले पटक उम्मेदवार बनेका हँुन् ।
लोकतान्त्रिक गठबन्धनका उमाकान्त चौधरीले देशको समग्र बिकास र समृद्धी काँग्रेस नेतृत्वको सरकारले मात्रै गर्ने दाबी गरेका छन् । चौधरीलेले प्रजातन्त्र , लोकतन्त्र र प्रेस स्वतन्त्रताको रक्षाका लागि लोकतान्त्रिक शक्तिहरुसँग गठबन्धन गरेको बताए ।
उनले मुलुकमा शान्ति , स्थायित्व र आर्थिक क्रान्ति काँग्रेस बाहेक अरु दलले गर्न नसक्ने उनले ठोकुवा गरे । मुलुकमा अहिले बाम गठबन्धनहरुले बाम एकताको नाममा अराजकता लाद्न खोजेको आरोप लगाउँदै बामको भ्रममा नपर्न सबैलाई आग्रह गरेका छन् ।

यता बाम गठबन्धनका उम्मेदवार अच्युत मैनालीले जनता बाम गठबन्धनमा एककिृत्त भएर लागी सकेको र देश समृद्धीको अब गठबन्धन बाहेक बिकल्प नरहेको दावि गरे । बाढी पिड्तिका समस्या समाधार , व्यरोजगारी उन्मुलन र गरीबी बिरुद्धको अभियान लगायतका मुख्य ऐजेण्डा बोकेर चुनावी प्रचारमा लागेका मैनालीले जनता सामु आँफुले बोलेको र प्रतिबद्धता जनाएका कुरालाई पुरा गरेरै छाड्ने भन्दै मतदातालाई आफ्ना घोषणालाई लेखेर राख्न समेत आग्रह गरेका छन् । उनले युवा शक्तिलाई उद्यमशिल बनाएर मातृ भुमिमा पसिना बगाउँनका निम्ती बाम गठबन्धको दुई तिहाई जित आवश्यक रहेको बताउँदै मैनालीले देशमा व्याप्त समस्याको रुपमा रहेको गरिबी , अशिक्षा , बेरोजगारी साथै भ्रष्टचारको अन्त्य गर्दै समृद्ध नेपाल निर्माणका लागि हरेक जनताको आधारभुत आवश्यक्ता पुरा गर्ने गरी गठबन्धन चुनाव प्रचारमा लागेको मैनालीले बताए ।

जिल्लाको पूर्वोत्तर भागमा पर्ने यस क्षेत्रमा एमालेले ३ दशक अघि देखि पकड बनाउँदै आएको छ । ०४३ सालको चुनावमा हाल बारा क्षेत्र नं.१ बाट व्यवस्थापिका संसद् सद्स्य पुरुषोत्तम पौडेलले तत्कालीन माले पार्टीको तर्फबाट गाउँ पञ्चायतको प्रधानपञ्चमा जिते पछि एमालेको वर्चश्व शुरु भएको हो । यस अघिको संसद् र संविधान सभा दुबै चुनावमा पनि एमालेले नैं अग्रता बनाएको थियो ।  त्यस्तै उम्मेदवारहरुले घरदैलो आएर जति सुक्कै आश्वासन बाँडेर रिझाउँने काम गरेपनि आँफूहरुले योग्य उम्मेदवारहरुलाई मात्र आफ्नों मत दिने मतदाताहरुको भनाई छ ।  प्रतिनिधी सभाका लागि ४ र प्रदेश सभाका लागि ८ निर्वाचन क्षेत्र रहेको यस जिल्लामा मुख्य ३ दल नेकपा एमाले , नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) बिच प्रतिशप्रधा रहेको छ । त्यस्तै बारा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका उम्मेदवार बनेका श्रम तथा रोजगार मन्त्री फर्मुल्लाह मन्सुरले उम्मेदवार बनेका नेताको बिगत हेरेर मतदान गर्न आग्रह गरेका छन् । बाराको आमाडारमा घरदैलो कार्यक्रममा निस्किएका मन्त्री मन्सुरले आफ्नों ४० बर्षको राजनितिक ईतिहासमा कहिँ कत्तै नैतिक्ता र ईमान बेचेको कसैले प्रश्न उठाए उम्मेदवारी नैं त्याग्ने बताए । संविधान प्रति असन्तुष्टी राखेका मधेशी दलहरु पनि संविधानले नैं राजनितिक निकास दिने भन्दै निर्वाचनमा होमिएको बताउँदै मन्सुरले अब देशको समृद्ध भबिष्यका लागी हाम्रा भन्दापनि राम्रा उम्मेदवार छनौंट गर्न आवश्यक रहेको बताए ।

आँफु मन्त्री भए लगत्तै श्रम ऐन पारित , देशको विभिन्न स्थानमा श्रमिक अस्पताल निर्माणको तयारी , वैदेशिक रोजगारीमा जानेहरुका लागी आफ्नैं जिल्लामा श्रम स्विकृतीको व्यवस्था लगाएतका काम गरेको बताउँदै उनले राजनितिमा ईमान्दारीता भएको नेतालाई मात्रै मतदान गर्न आग्रह गरे । सोझा साझा जनतालाई झुक्याउँने खेलमा लागेका दलहरुको सहि पहिचान गरेर मात्रै मतदाताहरुले आफ्नों अमुल्य मतलाई दिनु पर्ने आवश्यक देखिन्छ ।