मेयरलाई कारबाहीको सिफारिस

९ पुष २०७४, आईतवार ०८:४५

पुस ९, ताप्लेजुङ ।
प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलाई असहयोग गरेको भन्दै एमाले ताप्लेजुङले फुङ्लिङ नगरपालिकाका मेयर छत्रपति प्याकुरेललाई कारबाहीको सिफारिस गरेको छ ।
शुक्रबार र शनिबार दुई दिने बसेको जिल्ला कमिटीको जिल्ला कमिटीको सदस्य समेत रहेका प्याकुरेललाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न सिफारिस गर्ने निर्णय लिएको छ ।
ताप्लेजुङमा एमाले सचिव योगेश भट्टराई आफैँ प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेको थिए ।


मेयर प्याकुरेलमाथि अर्कै पार्टीको उम्मेदवारलाई भोट मागेको तथा पार्टीका उम्मेदवारविरुद्ध गलत प्रचार गरेको आरोप छ ।
एमालेकातर्फबाछट मेयर जिते पनि निर्वाचनमा पार्टी उम्मेदवारबारे गलत प्रचार गरी पार्टीलाई क्षति पु¥याएकाले कारबाही सिफारिस गरीएको पार्टी अध्यक्ष बलबहादुर साम्सोहाङ्ले बताए ।