मेगा बैंक र टुरिजम डेभलपमेन्ट बैंक गाभिने

५ पुष २०७४, बुधबार ०४:२९

पुस ५, काठमाडौं। मेगा बैंक लिमिटेड र टुरिजम डेभलपमेन्ट बैंक लिमिटेड एक आपसमा गाभिने भएको छ । मेगा बैंकको विशेष साधारण सभाले टुरिजम डेभलपमेन्ट बैंकसँग गाभिनका लागि विशेष प्रस्ताव पारित गरेको हो ।

सभामा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले प्रस्तुत गरेको मर्जरसम्बन्धी विशेष प्रस्ताव सर्वसम्मतले पारित गरेको हो । मेगा बैैंकको प्रतिशेयर मुल्य १ सय बराबर टुरिजम बैंकको प्रतिशेयर मुल्य ९५ रुपैंया कायम गरिएको छ । यस्तै टुरिजमको एक कित्ता शेयर हुने शेयरधनीले शुन्य दशमलव ९५ कित्ताको अनुपातमा शेयर पाउनेछन् ।  टुरिजम बैंकसँगको मर्जर प्रक्रियापछि मेगा बैंक नेपालको सबैभन्दा बढी पुँजी भएको बैंकहरुमध्येमा पर्ने अध्यक्ष शाहले बताए । टुरिजम बैंकले यसअघि नै मर्जर प्रस्ताव पारित गरिसकेको थियो ।