मान्छेले गर्ने तीन काम जुन रोबोर्टले गर्न सक्दैन

२ पुष २०७४, आईतवार ०८:५२

पुस २, काठमाडौं ।
रोबोटबारे आम मान्छेको बुझई एउटै छ । मान्छेले गर्ने सबै काम रोबोटले पनि गर्न सक्छ भन्ने ठान्छन् । तर, के यो सत्य हो ?
रोबोटबारे लेखिएको र राम्रो लेखिएको बिक्र भएको किताब “राइज अफ रोबोट”का अमेरिकी लेखक मार्टीन फोर्टका अनुसार मान्छेले गर्न सक्ने सबै काम रोबोर्टले गर्न सक्दैन्न । प्लम्बर, नर्स र इलेक्ट्रिसिएनको काम सधै मान्छेले नै गर्नुपर्छ । यी तीन काम रोबोर्टले गर्न नसक्ने उनको तर्क छ ।


एक अन्तर्वार्तामा उनले भने “भविष्यमा अधिकांस काम समहाल्न रोबोर्ट सक्ष्यम हुन्छ तर इलेक्ट्रिसियन र प्लम्बरको काम भने मान्छेले नै गर्नुपर्ने हुन्छ । यस बाहेक नर्सको काम पनि रोबोर्टले भन्दा मान्छेले नै गर्नु राम्रो हुन्छ । किनभने यो काममा बिरामीको रेखदेखका साथै सहानुभूति पनि आवश्यक पर्छ, जुन रोबोर्टले सक्दैन ।
यधपि भविष्यमा बन्नेवाला रोबोर्टमार्फत मान्छेको जीवनका धेरै काम सहज बन्न सक्छन् । अझ सक्षम रोबोट बनाउन सक्दा आममान्छेलाई आर्थिक लाभ पनि बढ्नेछ ।