मलेसियाको काम्पुङ आचेमा एक नेपालीको मृत्यु

मंसिर १७, मलेसिया । मलेसियाको काम्पुङ आचेमा एक नेपालीको मृत्यु भएको छ । शुक्रबार राति ग्रिन प्रोस्पेक्ट होस्टेलमा नेपाली(नेपालीबीच झगडा हुँदा ३० वर्षीय पुरुषको मृत्यु भएको हो ।

 

अधिकारीहरुले मृतकको परिचय खुलाएका छैनन् । शुक्रबार राति झगडा हुँदा होस्टेलको तेस्रो तलाबाट उनलाई तल फ्याँकिएको र सेरी मान्जुङ अस्पतालमा शनिबार बिहान उपचारको क्रममा मृत्यु भएको स्थानीय प्रहरीले बताएको छ ।

उनलाई तीन तला माथिबाट धकेलेर खसाल्ने व्यक्ति पनि नेपाली नै रहेको र उ फरार रहेको बताइएको छ ।   उनको टाउकोमा चोट लागेको थियो । उनी पन्जा बनाउने फ्याक्ट्रीमा काम गर्दथे ।  शवलाई राजा परमाइसुरी बाइनुन अस्पतालमा राखिएको छ ।


प्रकाशित | २०७४ मंसिर १७ प्रकाशित ०७:०४

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ