मधेस आन्दोलनका घटना छानवीनको लागी गठीत आयोगले प्रतिबेदन बुझायो

२९ मंसिर २०७४, शुक्रबार ०८:०१

मंसिर २९ काठमाडौं ।

तराई, मधेश र थरुहटलगायतका क्षेत्रमा विभिन्न राजनीतिक दलले गरेको आन्दोलनको क्रममा भएका हिंसा, हत्या र तोडफोडसम्बन्धि घटना छानविन गर्न गठित आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ ।

सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरीशचन्द्र लालको संयोजकत्वमा गठित ६ सदस्यीय आयोगले प्रधानमन्त्री शेरवहादुर देउवालाई प्रतिवेदन बुझाएको हो । अध्यक्ष गिरीशचन्द्र लालले स्थलगत भ्रमण, पीडितहरुको भनाइ र घाईतेसँगको प्रत्यक्ष संवादमा आधारित भएर प्रतिवेदन तयार गरेको जानकारी दिए । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिवेदन अध्ययनपछि सिफारिसहरु कार्यान्वयन गरिने बताए ।