मतदातालाई सुरक्षा कै चिन्ता

१८ मंसिर २०७४, सोमबार १०:४४

श्याम गुप्ता
मंसिर १८ ,  बारा ।  
मंसिर २१ गते हुँने निर्वाचनको सुरक्षालाई लिएर बाराका मतदाताहरु अहिले चिन्ता व्यक्त गर्न थालेका छन् ।


साता यता जिल्लाका विभिन्न क्षेत्रमा निर्वाचन गतीतिबीधी , उम्मेदवार र निर्वाचनमा प्रयोग उम्मेदवारको सवारीका साधन लक्षित बम बिष्फोटका घटनाहरु घटन थाले पछि  यहाँका मतदाताहरुमा सुरक्षाको चिन्ता बढ्न थालेको हो । प्रहरीले व्यापक सुरक्षा सर्तकर्ता अपनाएको दाबी गरे पनि केहि दिन अघि बाराको टाँगीया बस्तिमा बाम गठबन्धनको घरदैलो लक्ष्ति बम बिष्फोट भएको थियो , भने नेपाली काँग्रेसका बारा क्षेत्र नम्बर ४ प्रदेश क उम्मेदवार ओमकृष्ण कार्कीको निर्वाचनमा प्रयोग भएको सवारी साधन माथी बम प्रहार भएको थियो । त्यस्तै गंजभवानीपुरमा राजनैतीक गतीबिधि हुँने आशंकामा बम राखिएको अवस्थामा प्रहरीले बिस्फोटक पदार्थ फेला पारेको थियो । निर्वाचनमा देखिएको गठबन्धन र अन्य दलहरुको टकराबलाई मध्य नजर गर्दै सरकारले सुरक्षा व्यवस्थामा ध्यान नपु¥याए दैनिक जसो हुँने घटनाले बारामा चुनावी माहौल अन्यौल बनेको स्थानीय मतदाता कृष्ण सिग्देल बताउँ छन् ।

प्रहरीले राजमार्ग र बजार केन्द्रित सुरक्षा बढाए पनि केहि दिन यता भएको बम बिष्फोटका घटनाले ग्रामीण मतदाता आतंकीत भएको बताउँदै अर्का मतदाता ईन्दिप कोईरालाले गाउँका मतदाताले असुरक्षा महसुस गरेको हुँदा सरकारले मतदातालाई ढुक्कसँग मतदान गर्न जान पाउँने बातावरण सृजना गर्न माँग गरेका छन् ।  प्रहरीले साता यता घटेका घटनामा संलग्न ६ जनालाई नियन्त्रणमा लिएको र ३० जना भन्दा बढी व्यक्ती र केही बस्तीलाई समेत प्रहरीले निगरानीमा राखेकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय बाराले मंसीर २२ गते सम्म जिल्ला भर मदिरा बिक्री बितरणमा रोक लगाएको छ ।

उम्मेदवार र राजनैतिक गतीबिधीमा त्रास बढेको बताउँदै राजनीति कर्मी मनोज पौडेलले उम्मेदवार र मतदाताकालाई भय रहित बातावरण सृजना सरकारले आफ्नों जिम्मेवारी ठानेर गर्नु पर्ने बताए । प्रतीनिधी सभाका ४ निर्वाचन क्षेत्र र ८ प्रदेश सभा सद्स्य पदका उम्मेदवार र राजनैतीक दलहरुहरुले समेत सुरक्षका कारण सभाहरु भन्दा घरदैलोलाई नैं केन्द्रित बनाएका छन् ।चार सय ७५ मतदान केन्द्र रहेको जिल्लामा अति संवेदनशिल ६६ स्थान संवेदनशिल एक सय २८ स्थान र सामान्य एक सय ९ मतदान स्थल रहेका छन् । यता बाराका प्रमुख जिल्ला अधिकारी बिजयनारायण मानन्धरले निर्वाचन लक्षित सुरक्षा व्यवस्था जिल्लामा कडा पारेको बताउँदै प्रहरीले निर्वाचन क्षेत्र , नगर , गाविस लगायतका क्षेत्रमा उम्मेदवारको सुरक्षा , घरदैलो कार्यक्रममा सुरक्षा बढाएको र सिमा लगायत विभिन्न स्थानमा व्यापक चेकजाँच , गस्ती बढाएको बताए । प्रहरीले सुरक्षा बढाएको बताई रहँदा अर्का मतदाता अनिल तिवारीले प्रहरी सुरक्षा कमजोर हुँदा घटना बढ्दै गएको र आँफुहरु मतदान गर्न जान समेत त्रास बढेको बताए ।  बिष्फोटका घटना बढन थाले पछि जिल्लामा निर्वाचनका गतिविधी समेत सुस्त र कम हुँन थालेको छ । नेता कार्यकर्ताहरुमा समेत स्थानीय निर्वाचन ताकाको जस्तो अहिले उत्साह यो निर्वाचनमा खासै देखीदैन सरकारले पुर्ण सुरक्षाको प्रत्याभुती नभए सम्म मतदाता ढुक्क हुँने स्थिीती बारामा देखीदैन ।