मंसिरको अन्तयसंगै हिमाली जिल्लाहरुमा चिसो अत्यधिक, व्यापक हिमपात

२६ मंसिर २०७४, मंगलवार ०७:५०

मंसिर, २६ काठमाण्डौं ।
मंसिरको अन्तयसंगै हिमाली जिल्लाहरुमा चिसो अत्यधिक बढेको छ । यो संगै हिमाली जिल्लाहरुमा व्यापक हिमपात समेत भएको स्थानीय पत्रकारहरुले जनाएका छन् ।

लामो समयपछिको वर्षाका कारण  किसानहरु खुशी भएका छन् भने केटाकेटी र बुद्धबुद्धा ज्यादा मारमा परेका छन् । यससंगै स्थानीयको जनजीवन कष्टकर भएको बताईएको छ ।