४५ जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

२० मंसिर २०७४, बुधबार ०७:२६

मंसिर २० ,काठमाण्डौं ।
भौली हुने निर्वाचनको लागि गृह मन्त्रालयले निर्वाचन हुन गईरहेको ४५ जिल्लामा सवारीसाधन सञ्चालनमा रोक लगाएको छ । 

गृहले सूचना प्रकाशन गरी निर्वाचनका लागि उपत्यका बाहिर जाने जोकोहीलाई आज मध्याह्नसम्म आआफनो स्थानमा पुग्न समेत आग्रह गरेको छ ।सुरक्षा निकायका सवारीका साथै निर्वाचनप्रयोजनकालागी अनुमति लिएका सवारीसाधन भने निर्वाच रुपमा चल्न पाउने जनाएको छ ।साथै एम्वुलेन्स, दमकल, खानेपानी, शवबाहन, दूरसञ्चार तथा दुध ढुवानी लगायतका सवारीसाधन चल्न पाउनेछन्। । साँझ ७ बजेबाट भने सवै खाले सवारी साधन गुड्न पाउने बताईएको छ ।