निर्वाचन शान्तिपूर्ण बनाउन प्रहरीको बिषेश सुरक्षा योजना, ढुक्कका साथ मतदान गर्न जान आग्रह

२० मंसिर २०७४, बुधबार ०९:१३

मंसिर २०, काठमाण्डौं ।
भोली हुन लागेको निर्वाचन शान्तिपूर्ण बनाउने उद्देश्यले आतंकित कार्य गर्न खाजेको आरोपमा झण्डै एक हजार जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले निर्वाचन नजिकिएसँगै विभिन्न दलका प्रमुख, नेता, उम्मेदवार तथा कार्यकर्तामाथि आक्रमण गरेको आरोपमा देशभरका विभिन्न स्थानबाट ९५७ जनालाई नियन्त्रणमा लिएको बताएको छ । नपाल कम्न्युष्टि पाट्री माओवादीका ६०० र सीके राउत समूहका १३ जना तथा अन्य ३४४ जनालाई नियन्त्रणमा लिइएको बुझिएको छ । प्रहरी पवक्ता मनोन न्यौपानेले निर्वाचनलाई स्वच्छ र भयरहित बनाउँदै उम्मेदवार तथा मतदाताको सुरक्षाका लागि नेपाल प्रहरी लागिपरेको बताएका छन् ।

जसको लागी बुथ सुरक्षा टोलीका अलावा पैदल टोली, मोबाइल टोली, सादा पोसाक टोलीलगायत रिजर्भ टोली खटाईएको प्रवक्ता न्यौपानेले बताएका छन् । नेपाल प्रहरीले निर्वाचनका लागि देशभर रहेका प्रहरी जनशक्तिको ९० प्रतिशत जनशक्ति खटाइएको जनाएको छ । पहिलो चरणमा निर्वाचन भएका जिल्लाहरुबाट पनि दोस्रो चरणमा निर्वाचन हुने स्थानमा प्रहरी टोली खटाइसकेको बताईएको छ ।

 

निर्वाचनमा ढुक्कका साथ मतदान गर्न जान मतदातालाई प्रहरी आग्रह

भोली हुने निर्वाचनमा ढुक्कका साथ मतदान गर्न जान मतदातालाई प्रहरीले आग्रह गरेको छ । दोश्रो तथा अन्तिम चरणको यो निर्वाचन४५ जिल्लामा हुदैछ ।
यी मतदान अन्र्तगत रहेका मतदाताले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्र्तगत आफूलाई योग्य लागेका उम्मेदवार छनौट गर्न पाउने भएपनि सुरक्षाका कारण देखिएको भय र त्रासलाई कम गर्न प्रहरलिे आज पत्रकार सम्मेलन नै गरेर मतदातालाई ढुक्क हुन आग्रह गरेको हो ।

प्रहरी प्रधान कार्यालयले पत्रकार सम्मेलन गरी सुरक्षाको सबै प्रबन्ध मिलाएको उल्लेख गरेको छ । पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता मनोज न्यौपानले एक मतदानस्थलमा ५६ जना सुरक्षाकर्मी परिचालीत हुने जनाएका छन् ।
त्यसैरी, थप सुरक्षाकर्मी र हवाई सुरक्षा गस्तीकोसमेत व्यवस्था मिलाइएको उनले बताए ।

चुनावमा कहीँ केही भएमा पाँच मिनेटमा सुरक्षाकर्मी पुग्ने व्यवस्था मिलाइएको छ। प्रवक्ता न्यौपानेले अधिकांश ठाउँमा विस्फोटका घटनामा विस्फोटक पदार्थ प्रयोग नभई आतंकित बनाउने काम मात्र भएको जानकारीसमेत दिए।