भूकम्प नियन्त्रणका लागि नयाँ खोज

२० मंसिर २०७४, बुधबार ०७:१७

मंसिर २०, काठमाडौं । (टोकियो, एजेन्सी)
भूकम्प आउँदा गुरुत्वाकर्षणमा आउने झिनो हेरफेर मापन गरी मिनेटभरमा कयाँैको अमूल्य जीवन बचाउन सक्ने जर्नल साइन्समा प्रकाशित नयाँ सोधले जनाएको छ ।

सन् २०११ को जापान भूकम्पका डाटालाई पुनः अध्ययन गरिरहेका अनुसन्धानकर्ताहरुले गुरुत्वाकर्षणमा आएको परिवर्तनका आधारमा भूकम्पको तिब्रता शुरु भएको तीन मिनेटपछि नै जनतालाई जानकारी गराउन सक्ने संकेत दिएका छन् ।

अमेरिकी जियोलोजिकल सोसाइटिले पृथ्वीको परिक्रमण गतिमा शिथिलता आइरहेकाले सन् २०१८ मा ठूल्–ठूला भूकम्प आउन सक्ने सम्भावना बढेको सोधपत्र जारी गरेपछि आएको यस खोजले प्रकोप व्यवस्थापनमा राहात पुग्ने आशा गरीएको छ ।