भाषा अध्ययनका लागि बुटवलमा एप्पल

२ पुष २०७४, आईतवार ०६:३१

पुस २, काठमाडौं । बुटवलमा एक्सेस एजुकेसन नेटवर्क प्रालीको शाखाको रुपमा एप्पल एजुकेसन नेटवर्क सञ्चालन शुभारम्भ गरेको छ। शनिबार बुटवलमा एक कार्यक्रमको आयोजना गरी प्रालीले शुभारम्भ गरेको हो ।

न्युजिल्याण्ड, अष्ट्रेलिया, जापान, क्यानडा तथा कोरीयन लगायत देशहरुमो भाषा अध्यापन हुने बुटवल शाखा निर्देशक केसब खनालले जानकारी दिए । विदेशमा गएर थप उच्च शिक्षा अध्ययन गराउन नेपाली विद्यार्थीहरुलाई सहयोग पुग्ने खनालले दावी गरे । नेपाली युवा विद्यार्थीलाई सक्षम र योग्य बनाई वैदेशिक रोजगार अध्ययन तथा अध्यापनमा यस कार्यक्रमले सहयोग गर्ने बताउँदै अनुभवी र दक्ष शिक्षक शिक्षकाहरुबाट कक्षा सञ्चालन हुने बताए ।

कार्यक्रममा बोल्दै भैरहवा शाखा सञ्चालक मिन प्रसाद शर्माले अन्य सुबिधा संगै एक्सेस एजुकेसन बिश्वासीलो संस्था भएको समेत बताए । कायक्रममा जापानीज भाषा अध्यापन गराउन सन्तोष पन्थी, कोरियन भाषाको बिज्ञ गिरीराज आचार्यले बोल्दै बिद्यार्थीहरुको लागी सबै प्रविधीबाट अध्यापन गराउने बताए ।  कार्यक्रममा बुटवल शाखा म्यानेजर रमा पाण्डे, रेकाका मोहन घिमिरे, हरिकृष्ण अधिकारी, निलम अधिकारी लगायतले बोलेका थिए ।