भक्तपुर २ मा ढुंगाना र बस्नेत, कस्ले मार्ला बाजी ?

१७ मंसिर २०७४, आईतवार ०७:२०

मंसिर १७, काठमाडौँ । भक्तपुर क्षेत्र नम्बर २ प्रतिनिधि सभाका लागि लोकतान्त्रिक गठबन्धनका उम्मेवार दमननाथ ढुंगाना र बाम गठबन्धनका उम्मेदवार महेश बस्नेतले आ–आफ्नै जित हुने दावी गरेका छन्।

काँग्रेसका तर्फबाट उम्मेदवारी दिएका पूर्व सभामुख ढुंगाना र एमालेका तर्फबाट उम्मेदवारी दिएका पूर्व मन्त्री बस्नेतले भक्तपुरको समग्र विकासका लागि आफूले जित्नैपर्ने तर्क समेत गरेका छन्। पूर्व सभामुख ढुंगानाले भक्तपुरमा स्थानीय नभई नेता केन्द्र्रिय नेता चाहिएकाले आफूले उम्मेदवारी दिएको दावी गरे। उनले बाम गठबन्धन आफ्नो लागि चुनौति नभएको पनि बताए। ढुंगानाले बाम दलहरुबीच एकता हुने भनिएपनि त्यो सम्भव हुने नदेखिएको टिप्पणी पनि गरे।

यता, बाम गठबन्धनका उम्मेदवार बस्नेतले जनताको सुखदुखको साथी आफू र आफ्नो पार्टी भएकाले जीत सुनिश्चित रहेको दावी गरे। उनले काँग्रेस र नेपाल मजदुर किसान पार्टीले भूकम्पको बेला समेत जनताको आवश्यक्ता पूरा गर्न चासो नदिएको आरोप पनि लगाए। बस्नेतले स्थानीय विकास निर्माणको कामलाई आफूले मुख्य प्राथमिकता दिएकाले पनि जनताले आफूलाई मत दिने विश्वास पनि व्यक्त गरे।