बुटवल राजधानी हुने भए हामी प्रदेश ५ बाट अलगिन्छौ-बर्दियाली

१२ पुष २०७४, बुधबार ०८:१९

सुदिप पुरि
पुष १२ , बर्दिया

राजधानी माग गर्दै देशभर नै चर्को बहस भइरहेका बेला बर्दियाबासीले ५ नंम्वर प्रदेशको राजधानी नेपालगञ्ज तोक्न माग गरेका छन ।

 

 

जिल्ला प्रशासन कार्यालयमा मंगलबार ज्ञापन पत्र बुझाउदै उनीहरुले राज्यले आफना माग नसुने संघर्ष समिति गठन गरि आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । ‘हामीलाई बुटवल ज्यादै टाढा पर्छ’ ज्ञापन पत्र बुझाउने टोलीको अगुवाई गरेका विद्या खनालले भने ‘त्यो भन्दा त हामीलाई सुर्खेत पुग्न नजिक पर्छ, बुटवल राजधानी हुने भए हामी प्रदेश ५ बाट अलगिन्छौ र ६ नं। प्रदेशमा मिसिन्छौ ।’ सबैलाई पायक पर्ने स्थानमा राजधानी तोक्न उनिहरुले माग गरेका हुन । प्रदेश नं। ५ को राजधानी बुटवल तोकिने सम्भावना रहेको आशंका बर्दियाबासीलाई छ ।

राजधानीको लागि सबै पुर्वाधार पुगेको भए पनि नेपालगञ्ज वा दाङ सबैलाई सहज हुने स्थानियको भनाई छ । प्रदेशको राजधानी तोक्ने विषयमा सुझाव दिन गठित समितिले ५ नं। प्रदेशको राजधानी दाङ तोक्न सुझाव दिएको थियो । राजधानी बुटवल र दाङ कहाँ हुने भन्ने विषयमा बैचारिक विवाद चर्किएका बेला नेपालगञ्ज राजधानी बनाउन बर्दियाबासीले माग गरेका हुन ।