बुटवलमा राष्ट्रिय औद्योगिक प्रदर्शनको तयारी अन्तिम चरणमा

१ पुष २०७४, शनिबार ०९:०३

तेजेन्द्र के.सी.

पुष  १, बुटवल ।

संमृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार भन्ने नाराका साथ आगामी पुस ६ गतेदेखि बुटवलमा संचालन हुने १४ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।

 

 

 

 

 

 

 

 

 

स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण गर्ने उद्देश्यका साथ रुपन्देही उद्योग संघले औद्योगिक प्रदर्शनी आयोजना गरेको हो ।

मेला आयोजकले शुक्रवार प्रदर्शनी स्थल बुटवल मण्डपमा पत्रकार सम्मेलन गरी प्रदर्शनीको तयारीलाई अन्तिम रुप दिन तिब्र रुपमा काम भैरहेको जनाएको छ । पत्रकार सम्मेलनमा संघका अध्यक्ष दिनेशराज रेग्मीले यसपटकको प्रदर्शनीलाई अघिल्ला बर्षहरुमा भन्दा पृथक बनाउने सोंचका साथ काम भईरहेको जानकारी दिए । संघका अनुसार प्रदर्शनी स्थलमा निर्माणको काम करिब अन्तिम चरणमा पुगेको छ । उनले स्वदेशी उद्योगका उत्पादन मात्रै प्रदर्शन गरिने र त्यसको बजारीकरण गर्दै उपभोत्तामा स्वदेशी उत्पादन प्रयोग गर्ने भावनाको विकास गर्ने गरी मेला आयोजना गर्न लागिएको बताए ।

प्रदर्शनीको लागि स्टल निर्माणको काम सकिएको छ भने सचिवालय तथा गेट निर्माणको काम अन्तिम चरणमा पुगेको र सजावटको काम मात्र बांकि रहेको छ । आयोजकले प्रदर्शनीको मूल गेटको ढांचा पशुपतिको मन्दिरको स्वरूपमा निर्माण गर्न लागिएको र त्यसलाई मौलिकतामा ढाल्ने योजना बनाएको छ भने, सचिवालयलाई परम्परागत पहाडी घरहरुको झल्को दिनेगरि खरले छाएको मौलिकता झल्किने बन्न लागेको छ । प्रदर्शनी मूल आयोजक समितिका सदस्य सचिव माधव पौडेलले स्टल दर्ताको काम अन्तिम चरणमा पुगेको बताउदै यसपटक ५ सयभन्दा बढी स्टल रहने जानकारी दिए ।

प्रदर्शनी सुरु हुनु भन्दा अगाडी सम्पन्न गर्नुपर्ने कामका लागि गठन गरिएका उपसमितिहरुको दैनिकजसो बैठकहरु बस्ने र कामको समिक्षा गर्ने गरिएको संघका कार्यकारी अधिकृत यादव भण्डारीले जानकारी दिए । प्रदर्शनी आयोजक मूल समितिका सहसंयोजक एवं स्टल दर्ता तथा वितरण उपसमितिका संयोजक गणेश प्रसाद अधिकारीले प्रदर्शनीमा प्रविधिलाई विशेष प्राथमिकता दिदै प्रदर्शनी स्थलमै उत्पादनको प्रत्यक्ष अवलोकन गर्ने अवसर दिने गरि छुटै स्टल क्षेत्र निर्माण भएको जानकारी दिए । रुपन्देही उबुटवलमा राष्ट्रिय औद्योगिक प्रदर्शनको तयारी अन्तिम चरणमा