बालकोट पुगे अध्यक्ष दाहाल

१२ पुष २०७४, बुधबार ०८:३५

पुष १२, भक्तपुर ।
पछिल्लो राजनीतिक अवस्थाको अन्त्य गर्दै सरकार निर्माण प्रक्रियालाई गति दिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच अहिले छलफल जारी रहेको छ ।

ओली निवास भक्तपुरको बालकोट पुगेका दाहाल र ओलीबीच हिजो छलफल हुने भनिएपनि दुवै नेताको व्यस्तताले संभव हुन सकेको थिएन् । दुई अध्यक्षबीच पार्टी एकता र सरकार गठनका विषयमा छलफल हुने बुझिएको छ । त्यसैगरी, राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशका विषयमा पनि छलफल गरी एउटा निष्कर्षमा पुग्ने सम्भावना रहेको बताइएको छ ।