प्रेस स्वतन्त्रताको निमित्त कसैसँग सम्झौता हुदैन– अध्यक्ष आचार्य

३ पुष २०७४, सोमबार ०५:४२

पुस ३, काभ्रे । नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले लोकतन्त्रमा मात्रै प्रेस स्वतन्त्रता सुनिश्चित हुने बताएका छन् । काभ्रेपाल्चोकको बनेपमा नेपाल पत्रकार महासंघ काभ्रे शाखाको स्थापना दिवसको रजत महोत्सवमा उनेले प्रेस स्वतन्त्रता विरुद्ध चालिने जुनसुकै कदमको डटेर मुकाबिला गर्ने र लोकतन्त्र र प्रेस स्वतन्त्रताको निमित्त कसैसँग सम्झौता नगर्ने बताएका हुन् ।

लोकतन्त्रका लागि लड्ने संस्थाका पत्रकारलाई अझै पनि झुटा मुद्दा लगाएर थुन्ने काम राज्यबाट भइरहेको उल्लेख गर्दै उनले त्यस्तो काम नदो¥याउन आग्रहसमेत गरे । कार्यक्रममा नवनिर्वाचित प्रतिनिधिसभा क्षेत्र नं. १ का सांसद गंगाबहादुर तामाङ (बमध्वज) ले पत्रकारको समस्या र उनीहरुको जीविकोपार्जनको विषयमा आफ्नो तर्फबाट खेल्नु पर्ने भूमिकामा कुनै कमी आउन नदिने बताए ।
समारोहमा नेपाल पत्रकार महासंघ काभ्रेले रजत महोत्सवको अवसरमा प्रकाशित (पत्रकारिता दर्पण) को अध्यक्ष आचार्यले विमोचन र लोगो सार्वजनिक गरेका थिए । सोही अवसरमा महासंघ काभ्रेपाल्चोक शाखाको संस्थापक सदस्यहरु, सल्लाहकारहरु तथा पूर्वध्यक्षहरुलाई सम्मान गरिउको थियो । कार्यक्रममा पत्रकार महासंघले प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचित सांसदहरुलाई बधाई ज्ञापन गरेको थियो । तस्बीर ः अध्यक्ष शन्तराम विडारी (पत्रकार महासंघ, काठमाडौं) को फेसबुकबाट