प्रेम सुवालको छाँयामा कँग्रेसका बाबुराजा जोशी र मिलन सुवाल

२५ मंसिर २०७४, सोमबार ०९:५६

मंसिर २५ ,भक्तपुर ।

नेपाल मजदूर किसान पार्टी भक्तपुर १ मा विजय भएको छ ।

प्रतिनीधि सभा सदस्यमा नेमकिपाका प्रेम सुवालले प्रतिस्पर्धी काँग्रेसका बाबुराजा र बामगठवन्धनका मिलन सुवाललाई पछि पार्दै विजयको माला पहिराउन सफल भएका छन् । प्रेम सुवाललाई भक्तपुर १ का मतदाताले ३३ हजार ७६ मत दिए भने प्रतिस्पर्धी काँग्रेसका बाबुराजा जोशीले १७ हजार ८१८ मतमा नै चित बुझाउनु परेको छ । वाम गठबन्धनका तर्फबाट माओवादीका उम्मेदवार मिलन सुवालको पोल्टामा १५ हजार ३७४ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यसैगरि प्रदेश सभातर्फ भक्तपुर १ ‘क’ तर्फ एमाले र ‘ख’ तर्फ नेमकिपाका उम्मेदवार विजयी भएका छन् ।