पार्टी एकता हुँदा दुवै पार्टीको भूमिका, योगदान र प्रतिष्ठानलाई ख्याल गरिन्छ : एमाले सचिव ज्ञवाली

पुस ८ काठमाडौं । नेकपा (एमाले) का सचिव प्रदीप ज्ञवालीले एमाले र नेकपा (माओवादी केन्द्र) दुई शक्ति मिलेर नयाँ शक्तिशाली पार्टी बन्ने बताएका छन् ।   आज रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा उनले वाम एकता जनताबाट अनुमोदन भएकाले अब कसैले रोक्न नसक्दै भन्दै चाँडै नै एकता हुने दाबी गरे ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओली र (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको मात्र पार्टी एकता गर्ने विषय नभएर आम जनताको विषय रहेको प्रष्ट पारे ।
उनले पार्टी एकता हुँदा दुवै पार्टीको भूमिका, योगदान र प्रतिष्ठानलाई ख्याल गरेर गरिने बताए ।

 

“एमाले माओवादी र माओवादी एमालेमा विलय हुने होइन”– उनले थपे, “पार्टी एकता हुँदा ओली र दाहालले दुवैले नेतृत्व गर्नुहुन्छ ।” पार्टी एकता सजिलै हुने दाबी गर्दै उहाँले नेताको व्यवस्थापनभन्दा पनि देशको व्यवस्थापन गर्न चुनौती रहेको बताए।  उनले प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीको अभिव्यक्ति सत्ता लम्ब्याउने खालका भएको भन्दै जनमतको कदर गर्नका लागि सरकारले तुरुन्तै सत्ता छाड्नुपर्ने औल्याए। उनले नेपाली काँग्रेसले राष्ट्रियसभामा आफ्नो उपस्थिति नहुने देखेर असंवैधानिक तरिकाले एकल संक्रमणकालीन व्यवस्था ल्याउन खोजेको आरोप लगाए ।


प्रकाशित | २०७४ पुष ८ प्रकाशित १०:१२

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ