पाँच मत बिबाद सर्वोच्चको ढोकासम्म

१२ पुष २०७४, बुधबार १०:०८

पुष १२, काठमाण्डौं ।
गत निर्वाचनमा अत्यन्तै कम मतका कारण पराजीत भएका एक नेता हुन् प्रदिप पौडेल ।

 

पौडेलले तनँहु निर्वाचन क्षेत्र नंम्वर २ अन्र्तगत प्रदेशसभा ९ “क“  मा बामगठवन्धनवाट उम्मेद्वार रहेकि आशा कोइरालाको भन्दा मात्र पाँच मत कम पाए । नतिजासंगै असन्तुष्ट रहँदै आएका नेता पौडेलले रिट जाहेर गरे ।  कोइरालासंग भिडेका पौडेलले ५ मतले पछि परेका कारण हालेको रिटमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफल गर्न सर्वोच्चले पुष १९ गते सबै विपक्षीलाई बोलाएको छ ।  सर्वोच्चले बिहीबार पौडेलले दर्ता गरेको रिटमा पहिलो सुनुवाई गर्दै अर्को छलफलमा बोलाएको हो । पौडेलको रिटमा कोइरालाको सपथ रोक्न माग गरिएको थियो। तर सर्वोच्चले दुवै पक्षको छलफलपछि मात्र निर्णय गर्न उपयुक्त हुने भन्दै छलफलमा बोलाएको हो ।