पर्साको सुपर ग्याँसमा लागेको आगो नियन्त्रणमा, कारण पत्ता लगाउन छानविन समिति

पुष ५ ,पर्सा ।

एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले पर्सा जिल्लाको सुपर ग्यास उद्योग प्रालिमा आज बिहान लागेको आगो नियन्त्रणमा आएको जानकारी दिए ।

आज आयोजित पत्रकारसम्मेलनमा उनले त्यस घटनामा परी दुईजनाको मृत्यु भएको र अरू क्षतिको विवरण संकलन गर्ने काम भइरहेकाले थप जानकारी आउन बाँकी रहेको बताए ।  चालकले गाडी स्टार्ट गर्ने क्रममा उत्पन्न झिल्कोबाट आगो सल्किन गई उक्त दुर्घटना भएको उनले बताए । ४८ वर्ष लामो ग्यास उद्योग सञ्चालनको इतिहास उद्योगभित्र पहिलोपटक आगलागी भएको उनको भनाइ थियो । सो आगलागीमा परी थुप्रै ग्यास सिलिण्डर पड्किएको तर कतिवटा विस्फोट भयो भन्ने यकिन विवरण आइसकेको छैन । उनले ग्यास उद्योगमा सञ्चालनमा रहेको सबै भारतीय गाडी तथा ग्यासका बुलेट २० वर्ष पुरानो भएको अनुमान रहेको र त्यसकारण यो दुर्घटना भएको बताए ।

आज बिहान ६ बजे सुपर ग्यास उद्योग प्रालिमा भएको आगलागीका कारण छानबिन गरी संघमा प्रतिवेदन पेश गर्न एलपी ग्यास उद्योग संघले शिवकुमार घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।  समितिमा कुशप्रसाद मल्ली, विजयहरि शर्मा, मनोजकुमार दास तथा राजकुमार सिन्धी सदस्य रहेका छन् ।


प्रकाशित | २०७४ पुष ५ प्रकाशित १०:१४

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ