नेपाली नायकको अमेरिकामा लगनगाँठो

१९ मंसिर २०७४, मंगलवार ०७:४४

 मंसिर १९, काठमाडौं ।
“पर्खि बसे” नामक फिल्ममा राम्रो काम गरेपछि अगाडि आएका राजबल्लभले “पहिलो पहिलो माया , छोडी गए पाप लाग्ला, गुरु दक्षीणा, हाँसिदेउ एकफेर, किन लाग्छ माया, पल , मलाई मन प¥यो, राघव, तिमी मात्र तिमी, ऋतु, कोही त छ, ” लगायतका फिल्ममा काम गरी दर्शकको मन जित्न सफल भएबका थिए ।


फिल्म क्षेत्रबाट लोभलाग्दो लोकप्रियता कमाएसँगै अमेरीका गएका नायक तथा आरजे राजबल्लभ कोइरालाले अमेरिकामा लगनगाँठो कसेका छन् ।
पोखराका नायक कोइरालाले लामो समयदेखिको अमेकिावासी पे्रमिका प्रतिमा विमलीसँग अमेरिकाको डिसी महानगर क्षेत्रको स्प्रिङ्स फिल्डमा औपचारिकरुपमा विवाह भएको छ ।
उक्त वैवाहिक समारोहमा काइराला र विमलीको नजिकका शुभचिन्तक, आफन्त, साहित्यकार, समुुदाय सदस्य तथा कलाकार उपस्थित थिए ।