‘नानी ज्यान’ बोलको म्युजिक भिडियो सार्वजनिक

१३ पुष २०७४, बिहीबार ०७:३८

 

पुस १३, काठमाडौं । गायक राजेश केसी र मेलिना राईको आवाजमा रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । सोमबार युट्युबमार्फत सार्वजनिक भएको ‘नानी ज्यान’ बोलको म्युजिक भिडियोमा नायिका वर्षा सिवाकोटी र नायक पुष्पल खड्का फिचरिङ छन् । भिडियोलाई श्रीधर पौडेलले निर्देशन गरेका हुन् । प्रेमभाव बोकेको गीतको शब्द भने राजप्रताप केसीले लेखेका हुन् । निशान घिमिरेको सम्पादन रहेको भिडियोलाई ज्ञानेन्द्र शर्माले खिचेका हुन् ।